भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरबाट मोटरसाइकल चोरी गरी रौतहट पुयाउने दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा रौतहट गुजरा नगरपालिका वडा नम्बर –४ कनकपुर बस्ने १९ वर्षीय शेख समसुद्दिन र सोही स्थान बस्ने २३ वर्षीय सेख नयाजलाई पक्राउ गरेको हो ।

कात्तिक १९ गते  चाँगुनारायण नगरपालिका वडा नम्बर–४ हलचाप बस्ने ध्रुव श्रेष्ठले आफ्नै घरमा पार्किङ गरिराखेको बा.९६ प १७७० नम्बरको मोटरसाइकल हराएको थियो ।

श्रेष्ठले आफ्नो मोटरसाइकल हराएको भनि निवेदनको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी परिसर भक्तपुर र ईलाका प्रहरी कार्यलय चन्द्रपुर रौतहटको टोलीले उनीहरुलाई मोटरसाइकलसहित पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका सुचना अधिकृत प्रनाउ रेवती रमण पोखरेलले जानकारी दिएका छन् ।

उनीहरुलाई पक्राउ गरी बुधबार जिल्ला अदालत भक्तपुरमा पेश गरी चोरी मुद्दामा म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको प्रनाउ पोखरेलले बताएका छन् ।


तपाईको प्रतिक्रिया