भकुण्डे । नेपाल बिद्युत प्राधिकरण काभ्रे बितरण केन्द्रले काभ्रेले नमोबुद्ध नगरपालिका २ भकुण्डेबेसीमा बिद्युत महशुल संकलन गर्न सुरु गरेको छ ।

भुकुण्डेबेसी बाट नो लाइट सेवा पहिलनै सुरु गरिसकेको अहिले महशुल संकलन केन्द्र सुरुवात गरेको प्राधिकरणले जनाएको छ । यो क्षेत्रमा काभ्रेको तिन स्थानिय तहको जनताहरुले सेवा सुबिधा पाउने भएपछि यस भेगको बिद्युत प्राधिकरणको ग्रहकहरुमा धेरै उत्साहित देखिन्छ । अब देखि बत्तीको महशुल तिर्नकै लागि बनेपा सम्म जान बाट यहाँनै सुबिधा भएपछि स्थानियहरु खुशीछाएको नमोबुद्ध नगरपालिका ८ का स्थानिय चन्द्र सिं लामाले बताए । त्यसै गरी रोशी गाउँपालिका ९ ज्ञानेन्द्र लामाले बिद्युत प्राधिकरणले भकुण्डेबेसीमा नै महशुल लिने भएपछि धेरै राम्रोकाम गरेको बताए ।

तेमाल गाउँपालिका ३ कुमार सिं लामाले भकुण्डेमै बिद्युत रकम तिर्न पाएकोमा खुशी ब्यक्त गरे । गाउँका धेरैले बिद्युत महशुल तिर्नको लागि बनेपा सम्म जानुपरेको अवस्था थियो तर सेवा बिस्तार गरेपछि कभ्रे बितरण केन्द्रले राम्रो कामको सुरुवात गरेको बताए ।

काभ्रे जिल्लाको रोशी गाउँपालिका, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाको ग्रहकहरुले बनेपा सम्मा आएर महशुल बुझाउनुनपर्ने बाध्यतालाई बुझेर भकुण्डेबेसीमा संकलन केन्द्र खोलीएको काभ्रे बितरण केन्द्र प्रमुख इन्जिनियर रबिन्द्र कुमार यादबले बताए । यो भेगको ग्रहकहरुले बिगतमा बनेपा सम्म गएर बिद्युत महशुल बुझाउनु बाध्यतता थियो । तेमाल, रोशी र नमोबुद्धको आठ हजार भन्दा धेरै ग्रहक रहेको प्रमुख इन्जिनियर रबिन्द्र कुमार यादबले बताए ।

यहाँको ग्रहकहरु महशुल बुझाउन बनेपा सम्म जानुपरेको थियो ग्रहकको समय र पैशा जोगाउने उद्देश्यले हामीले गाउँमै महशुल संकलन केन्द्र खोलेको प्रमुख इन्जिनियर यादबले बताए । अबको दिनमा यस रोशी, तेमाल र नमोबुद्धनगरपालिका भित्रको बिद्युत प्राधिकरणको ग्रहकहरुले भकुण्डेबेसी सम्म आएर बिद्युत महशुल बुझाउन सकिने बिद्युत प्राधिकरण काभ्रेका प्रमुख इन्जिनियर रबिन्द्रकुमार यादबले बताए । उक्त महशुल संकलन केन्द्रको समुदघाटन आइतबार नेपाल सरकारको सूचना तथा सञ्चार प्रबिधिमन्त्री गोकुल बाँस्कोटाबाट भएको थियो ।


तपाईको प्रतिक्रिया