बनेपा । काभ्रेका किसानहरुलाई मंसिर लागेको छ । धान भित्राएका काभ्रेका किसानहरू आलु लगाउन चटारोमा छन् । काभ्रे जिल्लामा सबैभन्दा धेरै आलु उत्पादन हुने पाँचखाल,मण्डन देउपुर,रोशी, नमोबुद्धका किसानरु आलु लगाउने काममा व्यस्त छन् ।

जिल्लामा सबैभन्दा बढी उत्पादन हुने क्षेत्र पाँचखाल उपत्यका, रोशी, मण्डन देउपुर, खोपासी, शंखु, नाला, बनेपा र पनौतीको , फाँट हो । काभ्रेको पाँचखाल र मण्डन देउपुर, रोशीको फाँटमा तातो हुने भएकाले अहिले आलु रोप्ने काम सुरु भएको छ । भने बनेपा, पनौती, शंखुमा भने पौष लागेपछि मात्रै आलु लगाउने गरिन्छ । काभ्रेको धुलिखेल, नाला, बनेपा, पनौती, अग्लो ठाँउमा भने किसानले भर्खरैमात्रै आलु खनेर सकेका छन् । उनीहरुले बर्षादमा मकैसँगै आलु लगाउने गरेका छन् ।

विशेषगरी पाँचखाल उपत्यका, मण्डन देउपुरका फाँट तथा टारहरु, रोशीको फाँटहरूमा आलु रोप्ने मेलानै लाग्ने गरेको छ । आलु लगाउन कृषकहरू मात्रै होइन, बजारमा विभिन्न पेशा, व्यावसाय र अन्य सार्वसाधरणहरू व्यस्त छन् । किनेर खानुभन्दा एक दुई बोरा खान मात्रै लगाउनेहरु पनि काभ्रेमा छन् । काभ्रेमा ठाँउ अनुसार फरक फरक खालको आलु खेती हुने गरेको छ ।

  • खबर चौतारी साप्ताहिकमा प्रकाशित 

तपाईको प्रतिक्रिया