काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा भैरहेका काम र विभिन्न खानेपानी आयोजनामा देखिएको अनियमितता लगायतका विषयमा संसदको विकास तथा प्रविधि समितिले  छलफल गरेको छ ।

छलफलमा सांसदहरुले मेलम्ची खानेपानी आयोजनाको काम सन्तोषजनक रुपमा अघि बढ्न नसकेको, पटक पटक मिति तोक्ने र काम नहुने कारण जनतामा निराशा छाएको भन्दै समयमा काम सक्ने प्रभावकारी रुपमा काम गर्नु पर्ने बताउनुभयो ।

सांसदहरुले बुटवल र नेपालगञ्जमा सञ्चालित खानेपानी आयोजनामा देखिएको भ्रष्टाचार सम्बन्धी विषयको छानवीन सम्बन्धी प्रतिवेदन मन्त्रालयबाट स्पष्ट रुपमा आउन नसकेको, विभिन्न आयोजनाको डिपिआर नै प्रभावकारी बन्न नसकेको जस्ता विषय उठाउनुभयो ।

बैठकमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले मेलम्ची खानेपनी आयोजनाको भौतिक पूर्वाधार निर्माणको काम ६० दिन भित्र सक्नेगरी भैरहेको बताउनु भयो ।

उहाँले मेलम्ची खानेपानि आयोजना  निर्माणका क्रममा कुनै पनि बाधा उत्पन्न नहुने गरी काम गर्ने तर्फ मन्त्रालय लागेको पनि बताउनु भयो ।


तपाईको प्रतिक्रिया