
काभ्रे जिल्लालाइ कलाकारको खानी भएको जिल्ला भनेर भन्दा फरक नपर्ला । काभ्रे जिल्लाबाट एकपछि अर्को गर्दै कलाकरिता क्षेत्रमा आउने क्रम जारी छ । काभ्रे जिल्लाको प्राकृति सुन्दरताले भरिपूर्ण मानिने बेथानचोक गाउपालिका वडा न-४ मा पिता राजकुमार खत्री (केसी ) र माता निर्मला खत्रीको कोखबाट वि.स. २०५५ असोज १ गत्ते जन्मिएका हुन गणेश खत्री । उनी सानै उमेर देखि चन्चले, अरुलाइ हसाउने र रमाइलो स्वभावका थिए । स्कुल पढ्दा देखिनै फुट्बल खेल्न, साथी भाइसङ घुम्न मनपराउने उनी छोटो अबधिमा नै नेपालमा कान्छो जादुगरले चिनिन थालेका छन । ०७२ सालको भुकम्प पछि कला क्षेत्रमा होमिएका खत्री विभिन्न काम गरेर आफुलाइ नेपाल लगाएत नेपाल बाहिर चिनाउन लागि परेका छन । हिजो आज विभिन्न मेला महोत्सव मा आफ्नो डान्स, जादु देखाउदैमा ब्यस्त रहेका उनी जादु भनेको कुनै तन्त्र मन्त्र नभइ हातको सफाइ भएको बताउछन ।
विभिन्न टेलिशृन्खला तथा फिल्म समेत काम गरिसकेका गणेश अब भने अमेरिकन गड ट्यालेन्टमा देखाउइने जादुलाइ नेपालमा भित्राउन विभिन्न तयारिमा लागेका छन । उनै खत्रीसङ कलाकारिता तथा जादुको सेरोफेरोमा रहेर सहकर्मी मित्र अमृत ओझाले बेथानचोक डटकमको लागि गरिएको कुराकानी :-
गणेश खत्री ( के.सी)
हास्य कलाकार तथा कान्छो जादुगर
० दिनहरु कसरी बित्दैछन ?
– यो सिजन भनेको मेला महोत्सव को सिजन हो । त्यसैले मेला महोत्सव मै बित्ने गरेको छ । त्यसको अलावा सिकारु जादुगर भएकोले जादु सिक्दै अनि अरुकाइ सिकाउदै पनि छु र नेपाली हास्य टेलिशृन्खला ताइन तुइ हातमा लाग्यो दुइको निर्माणकार्य मा नै ब्यस्त हुने गरेको छु ।
० तपाइले विभिन्न क्षेत्रमा काम गर्दै हुनुहुन्छ । तपाइलाइ दर्शकले के भनेर चिन्ने ?
– त्यति धेरै काम त गरेको छैन । धेरै कुरा सिक्दै छु । दर्शकहरुलाइ कसरी मनोरञ्जन दिनसकिन्छ भन्ने हिसाबले काम गरिरहेको छु । पहिलो कुरा त मैले आफ्नो कलालाई डान्सरबाट सुरु गरेको हु । विशेष गरेर हास्य कलाकार तथा नेपालको सबै भन्दा कान्छो जादुगर भनेर चिन्नु हुन्छ
० कलाकारितामा कसरी लाग्नु भयो ? छोटकरीमा बताइदिनुसन ।
– मेरो सानो बेलाको सोच भने फुटबलर बन्ने थियो तर गाउमा चिनेकै गाउकै दाइको बिबाह थियो । म पनि त्यो बिबाहमा गएको थिए । त्यति बेला मलाइ नाच्न आउने थिएन । मेरो साथिले बिबाहमा रमाइलो गर्न नजान्ने मान्छे किन आएको भनेर भने पछि मलाइ एकदमै नरमाइलो लाग्यो म त्यहा बाट घर आए । र बिस्तार बिस्तार सिक्न थाले । स्कुल अनि गाउघरमा हुने बिबाहमा नाच्न थाले । त्यसपछी २०७२ बैशाख १२ गत्ते भुकम्प गयो । मेरो गाउकै मेरा आदरणीय दाइ भगवान खत्रीले हामिले काभ्रेको डाडापारीमा रहेको स्कुललाइ राहत संकलन गर्दै छौ । तिमी पनि हामीसङै हिड तिमिले डान्स गरेर हामिलाइ सहयोग गर्नु पर्छ भन्नू भयो र म उहाँ सङ नै हिडे । काभ्रे जिल्लामा रहेका करिब १५/२० वटा स्कुलमा कार्यक्रम गरेउ । मलाई त्यहा दिनु भएको मायाले नै मलाई कलाकारितामा जान प्रेरित गर्यो ।
० तपाईं जादु पनि देखाउनु हुन्छ । जादु भनेको के रहेछ ?
– पहिला म सानो हुदा जादु भनेको इन्द्रजाल हो । इन्द्रजाल पढे पछि मात्र जादुगर हुन्छ । यो पढेर बिचैमा छोड्यो भने मान्छे बहुलाउछ भन्ने सुनेको थिए । तर जब आफुले नै जादु देखाउन थाले अनि म आफै अचम्म म नै परे । पहिला त मलाई डर लागेको थियो न सानो बेलामा सिकेको कुरा साचैत हुने हैन भनेर । पछि सिक्दै गए अनि थाहा भयो जादु भनेको हातको सफाइ रहेछ आफ्नो मिहेनत रहेछ । कुनै तन्त्र मन्त्र हैन । आफ्नो िट्रक हो । अझ सिक्दै छु ।
० जादुगर बन्नु को कारण चाहि के हो नि ?
– जब २० ७२ साल बैशाख मा भुकम्प गयो अनि स्कुललाइ राहतमा स्टेसनरी सामान दिने भन्ने हिसाबले स्कुलमा कार्यक्रम गर्दै हिंड्न थाले । त्यतिबेला मैले झमझम स्टकोट भन्ने गितमा डान्स गर्थे । साबै स्कुलमा एउटै गितमा डान्स गर्दा हेर्ने दर्शकलाई बोर लाग्छ कि भनेर कमेडी डान्स पनि सुरु गरे । बिस्तार बिस्तार आफ्नै जिल्लामा हुने विभिन्न कार्यक्रमहरुमा बोलाउन थाल्नु भयो । कति डान्स अनि कमेडी डान्स गर्नु भनेर क्यारिकेचर तिर नि लागेर । मलाई एउटै मा गरिरहदा अप्ठ्यारो महशुल हुन थाल्यो अनि दर्शकहरुलाइ नया चिज दिनु पर्यो भनेर नै जादु सिक्न थाले र यस्मा झन धेरै मिहेनत गर्नु पर्ने भएको हुनाले म जादु तिर आकर्षण हुन थाले र जादु सिके र सिक्दै पनि छु ।
० जादुगर बन्छु भनेर कहिले सोच्नु भएको थियो ?
– मैले अगि पनि भने म कलाकार बन्छु भनेर त कहिले पनि सोचेको थिइन भने जादुगरको त के कुरा गर्नु । एकपछी अर्को काम सिक्ने क्रमम नै जादु तिर मोहित भए अनि जादु सिक्न थाले ।
० नेपालकै कान्छो जादुगरको रुपमा चिनुभएको छ । कस्तो लागिरहेको छ ?
म एकदमै खुशी छु किने भने म सधै आफुलाइ अरु भन्दा फरक धारले चिनाउन चाहन्थे त्यो केही मात्रामा पूरा भएको छ । अझै महेनत गर्दैछु ।
० तपाईं आफ्नो गुरु कस्लाइ मान्नु हुन्छ ?
– कलाकारिता क्षेत्रको कुरा गर्ने हो भने मेरो आदरणीय दाइ भगवान खत्रीलाई लिन चाहन्छु भने जादु क्षेत्र बाट भने मेरा आदरणीय बलराम गुरु लाई मान्ने गर्छु र आदरणीय दाइ राजेश तिमल्सिनालाई पनि म आफ्नो गुरुनै मान्ने गर्छु । मलाइ यो दुबै कामबाट मनपराउने हुने मेरो दर्शकहरुलाई मेरो भगवान अनि गुरु मान्न चाहन्छु ।
० कलाकारितामा बाच्न कत्तिको गाह्रो छ ?
– कुनै पनि काम गर्न सजिलो हुदैन । मिहेनत नगरि कुनै काम गरेर बाच्न सकिँदैन । म जे काम गर्छु म त्यसमा मात्र लागि पर्छु भनेर मिहेनत गर्ने हो भने जुनसुकै तरिका बाट पनि बाच्न सकिन्छ । झन कलाकारितामा लागे पछि धेरै मिहेनत गर्नु पर्ने हुन्छ । आफुले कुनचाही कुरा गर्दा दर्शकले मनपराउनु हुन्छ त्यही अनुसारले मिहेनत गर्नु पर्ने हुन्छ । भन्छ्न नि मिहेनत को फल मीठो हुन्छ ।
० अहिले सम्म के के मा काम गर्नु भयो ?
– शोभित बस्नेत तथा जयकिशन बस्ने को फुलकमेडि टेलिशृन्खला शेरेले हसाउछ , विकल्प , दिमाख खराब, नेपाली चलचित्र धुम -३ र केही म्युजिक भिडियोमा अभिनय गरेको छु ।
० घरपरिवार बाट कत्तिको सपोर्ट गर्नु हुन्छ ?
– घरबाट मलाई एक्दमै सपोर्ट गर्नु हुन्छ । यदि घर बाट सहयोग नभएको भए सायद आज म यो ठाउसम्म पुग्ने थिन होला ।
० तपाइले निर्देशन पनि गर्नु भएको छ ?
– मैले म्युजिक भिडियोमा निर्देशन गरेको पहिलो गित हो टोलाइ रहे मेरा आँखा भन्ने बोलको गितमा गरेको छु । सट्मुभी पनि धेरै निर्देशन गरेको छु भने मैले निर्देशन गर्न लागेको टेलिसिरिएल पनि चाडै आउदै छ । त्यसको साथै सिनेमाटोग्राफि र निर्माण तिर पनि काम गरिरहेको छु ।
० यति धेरै काम गर्नु हुन्छ समय कसरी मिलाउनु हुन्छ ?
– म पहिला कुन आवस्यक छ त्यही कामलाज बढी प्राथमिकतामा राखेर काम गर्ने गरेकोछु । त्यसैले समय मिलाउन खासै गाह्रो हुदैन ।
० अब को योजना के रहेको छ ?
– जब म प्रोग्रामको लागि विभिन्न जिल्लाहरुमा जान्छु त्यहा कुनै न कुनै नया कुरा देखेको हुन्छु । त्यसैले गर्दा नेपाल कस्तो देश हो ? यहाँ कस्ता मान्छेहरुको बसोबास गर्छन? रहनसहन कस्तो छ ? यस्तै सबै कुरालाइ समेटेर आफै खिच्ने, निर्माण ,निर्देशन , सम्पादन देखि सबैकाम आफै गर्ने सोचमा छु भने जादुमा पनि दर्शकलाई केही नया कुरा दिउ भन्ने हिसाबले काम गरिरहेको छु । अमेरिकन गड ट्यालेण्ट मा देखाइने जादुहरु नेपालमा भित्र्याउन लागिरहेको छु त्यो केही महिनामा नै दर्शक माझ ल्याउने तयारिमा छु ।
० अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
– सर्वप्रथम बेथानचोक डट कम टिमलाइ धेरैधेरै धन्यवाद दिन चाहन्छु । साथै मलाइ माया गरेर यहाँ सम्म पुर्याउने हुने मेरा दर्शकहरुलाइ हार्दिक आभार प्रकट गर्न चाहन्छु । आगामी दिनहरुमा पनि यस्तै माया अनि साथसहयोग अपेक्षा गरेको छु । मैले गरेको कामहरुमा कुनै कमिकम्जोरी भएको छ भने सल्लाह सुझाब दिन नबिर्सनु होला ।