काठमाडौँ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा बर्खास्त गरिएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वहालीको माग गरेका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

उनीहरुले आफूलाई अन्यायपूर्वक बर्खास्त गरिएको दाबीका साथ पुर्नवहालीको माग गर्दै मन्त्रिपरिषद्मा निवेदन दिएका हुन । बर्खास्त गरेको ३५ दिनभित्र पुर्नवहालीको निवेदन दिने प्राब्धान अनुसार उनीहरुले आफूहरुलाई पुर्नवहाली गरी सरकारी सेवामा निरन्तरता दिन माग गरका हुन् ।


तपाईको प्रतिक्रिया