बनेपा । प्रथम इन्डो नेपाल ओपन फुल कन्ट्याक्ट कराँते प्रतियोगिता तथा तेस्रो राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट प्रतियोगिता शुक्रवारवाट काभ्रेको बनेपामा शुरु भएको छ ।

दुईदिनसम्म चल्ने प्रतियोगिता नेपाल र भारत संग खेलको माध्यमबाट सुमधुर सम्बन्ध बढाउन र एकै संस्कृतिसंग बाँधिएका सामामिजक जीवनलाई थप विकास गर्नका लागि सो प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ ।

जापानको क्युकोसिन कराँते महासंघका अध्यक्ष काञ्चो सेइसिन इवासिता र भारतका प्रमुख हिम्मत सिंहको समेत उपस्थिति रहेको सो खेलमा भारतको ३५ जना र नेपालका १ सय ४० जना खेलाडी गरी जम्मा १ सय ७५ खेलाडीहरुको सहभागिता रहेको छ ।

सो कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै आयोजक संस्था नेपाल क्योकुसिन सेईसिन काइकान कराँते संघका केन्द्रीय अध्यक्ष एवं सो संघको जापानको तर्फबाट नेपाली शाखा प्रमुख अशोक श्रेष्ठले राष्ट्रको पहिचान राख्ने खेलाडीहरुका लागि राष्ट्रले पनि आफुहरुलाई चिनाउनु पर्ने बताए । उनले देश समृद्धितर्फअगाडी बढिरहेको अवस्थामा स्वस्थ र स्वास्थ्यको लागि खेलकुद मैदान आवश्यक रहेको जानकारी दिए । उनले भने ‘विरामी भएर औषधी उपचारको लागि अस्पताल खोल्नुभन्दा स्वस्थ भएर बाँच्नको लागि खेल मैदान बनाईदियोस्, जसले स्वस्थ भएर बाँच्न र स्वस्थ मानसिक विकासका लागि टेवा पुगोस् ।’

विभिन्न १४ वटा चरणमा गरी नकआउट वेशमा खेल्ने सो खेलमा २५ केजी समुह देखि ५५ केजि तौल समुह र सो भन्दा माथि खुल्ला समुहमा प्रतिस्पर्धा भएको छ ।

  • खबर चौतारी साप्ताहिक

तपाईको प्रतिक्रिया