तामाघाट । काभ्रेको पाँचखालमा थकाली भान्साघर खुलेको छ । बढ्दो शहरीकरणसँगै पाँचखालमा थकाली खानाको माग भएसँगै स्थानीय युवा व्यवसायी उत्तम आचार्यले पाँचखाल तामाघाटमा हाम्रो थकाली भान्सा घरको संचालन गरेका छन् । अब थकाली खानाको स्वाद लिन काठमाण्डौ जाने अवस्थाको अन्त्य भएको उद्योग वाणिज्य संघ पाँचखालका अध्यक्ष राजन कार्कीले बताए ।

पाँचखाल तामाघाट ढापखोलामा सुरु गरिएको हाम्रो थकाली भान्सा घरमा खाना तथा खाजाको सबै परिकारका साथै बस्ने सुविधा समेत प्रदान गरेको छ ।

भान्सा घरमा कुनै पनि तालिम संचालन गर्नु परेमा मिनी हलको समेत व्यवस्था रहेको संचालक उत्तम आचार्यले बताए । हामीले खाना, खाजा र बस्ने सुविधा एकै छानामुनी दिने उदेश्यले पाँचखालमै हाम्रो थकाली भान्सा घरको सुरुवात गरेका छौ आचार्यले भने ।

काभ्रेको पाँचखाल अरनिको राजमार्गमै रहेको सो भान्साघर संचालनमा आएसँगै भिडभाड देखिन थालेको छ । सस्तो र सरल मूल्यमा आफ्नै आँगनमा थकाली स्वाद लिन पाउने भएपछि पाँचखाल उपत्यका र आसपासका स्थानीयहरु खुसी भएका छन् । संचालक आचार्यले एक पटक आफ्नो होटलमा आएर सेवाको अवसर दिन सबैमा अनुरोध समेत गरेका छन् ।

  • खबर चौतारी साप्ताहिक

तपाईको प्रतिक्रिया