काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संघीयता विरोधी अभियानमा लागेको आरोप लगाएका छन् ।

वामपन्थी नेता वामदेव क्षेत्रीद्वारा लिखित ‘नेपालको अर्थ राजनीतिः सम्भावना र चुनौती’ विषयक पुस्तकको शनिबार राजधानीमा लोकार्पण गर्दै अध्यक्ष दाहालले कांग्रेस ऐतिहासिक परिर्वतन लाई भत्काउन लागि परेको आरोप लगाए ।
राजनीतिक परिर्वतनलाई संस्थागत गर्दै जाँदा केही अप्ठ्याराहरु आउनु स्वभाविक भएको भन्दै उनले त्यसैलाई बहाना बनाएर कांग्रेस संघीयता विरोधी बाटोमा हिँडेको दाबी गरे ।

अध्यक्ष दाहालले अतिवादलाई प्रोत्साहित गर्ने र परिर्वतनलाई कमजोर पार्ने डिजाईनमा काम भईरहेको दाबी पनि गरे ।  प्राप्त उपलब्धिलाई संरक्षण गर्नु भन्दा प्रहार गर्ने तत्व बढ्दै गएको भन्दै उनले परिर्वतनकामी कम्युनिष्टहरुबीच अझै गम्भीर ढंगले एकता गर्नुपर्ने आवश्यकता औंल्याए ।

राजसंस्था फर्काउन लागेकाहरुको दुस्साहस आफूहरुका लागि चुनौतिपूर्ण रहेको भन्दै उनले त्यसतर्फ पनि सजग हुनुपर्ने बताए ।


तपाईको प्रतिक्रिया