विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले जनताको विश्वास जित्ने गरी काम गर्ने बताउनुभएको छ ।

यहाँस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकार गठन भएको छोटो अवधि भएकाले अहिल्यै कामको मूल्याङ्कन गर्ने समय नभएको प्रष्ट पार्नुभयो । प्रवक्ता श्रेष्ठले पार्टीभित्र कुनै गुट नरहेको उल्लेख गर्दै कोही कसैले समूह निर्माण गर्न खोजे जरैदेखि उखेल्नु पर्नेमा जोड दिनुभयो ।

“व्यक्तिगत स्वार्थका आधारित पार्टी सञ्चालन हुनुहुँदैन भन्दै यसलाई निरुत्साहित बनाउनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले निर्मला पन्तको बलात्कारपछि हत्या हुनु दःुखद भएको उल्लेख गर्दै सङ्लग्न अपराधीलाई सरकारले पक्राउ गरी कानूनअनुसार कारवाही गर्ने विश्वास दिलाउनुभयो ।


तपाईको प्रतिक्रिया