– सुरज श्रेष्ठ, धुलिखेल । नेपालको कानुन देबले जानुन भने झैँ काभ्रेमा पनि त्यही भएको छ । सिसी क्यामेरा जडान कार्यबिधी विपरीत काभ्रेपलाञ्चोक जिल्लाका संघ सस्था तथा विभिन्न स्थानमा सिसी क्यामेरा (सिसिटिभी) जडान गरेका छन् । सुरक्षाका दृष्टिकोणले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र सिसी क्यामेरा जडान, सञ्चालन गर्नुपर्ने नियम गृह–मन्त्रालयले बनाएको भए पनि नियमको पालना कसैले गरेका छैनन् ।

अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न विद्युतीय उपकरणको प्रभावकारिता बढाउने तथा सिसी क्यामेराको प्रयोगलाई प्रोत्साहन र व्यवस्थित गर्ने उद्देश्यले सिसी क्यामेरा जडान एवं सञ्चालनसम्बन्धी कार्यबिधी २०७२ ल्याइएको थियो ।

सिसी क्यामेरा जडान गर्ने पक्षले क्यामेरा जडान गर्ने कम्पनीको नाम, जडान गर्न लागिएको क्यामेरा, क्यामेराको स्टोरेज क्षमता, स्टोरेज अवधि, जडान गर्ने स्थान, संख्या, जडान गर्नुपर्ने कारण, सिसी क्यामेरा हेर्ने वा निगरानी गर्ने व्यक्ति र संस्थाको नाम उल्लेख गरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । तर, काभ्रेमा भने बेथानचोक गाउँपालिका वडा नम्बर-३ महानकाल डाडा स्थित रहेको माउन्ट महाभारत होमस्टेले ५ वटा र मण्डनदेउपुर नगरपालिका वडा नम्बर-२ रहेको माउन्ट भ्यू पोइन्ट होटेलले २ वटा भवनमा ८ वटा सिसीटीभी क्यामरा जिल्ला प्रशासन कार्यालय काभ्रेबाट अनुमती लिएर सन्चालन गरेको र काभ्रेको अरु कुनै पनि संघ संस्थाले अनुमति बिना नै सिसिटीभी जडान गरेको जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकिय अधिकृत राम प्रसाद भट्टाईले जानकारी दिनुभयो ।

भट्टाराइको अनुसार हरेको ठाउमा सिसीटीभी क्यामेरा जडान गर्नु अघी जिल्ला प्रशासन कार्यालय बाट प्रमाण-पत्र लिएर मात्र जडान गर्नुपर्ने भएता पनि काभ्रेको २ ठाउँमा बाहेक अरु कुनैले पनि अनुमती बिना नै जडान गरेको बताउनुभयो ।

काभ्रे जिल्लामा बैंक, वित्तीय संस्था, बोर्डिङ, स्कुल र निजी प्रयोजनका लागि विभिन्न पसलमा गरी हजारभन्दा बढी सिसी क्यामेरा जडान भएको अनुमान गरिएको छ ।


तपाईको प्रतिक्रिया