सुरज श्रेष्ठ 

धुलिखेल । ‘लैगिंक हिंसा र दुब्र्यवहार, छैैन हामीलाई स्वीकार’ भन्ने नारा सहित सामुदायिक बन उपभोक्ता महासंघ काभ्रे र जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा प्रदेश सभा सांसद गोमा भुर्तेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रदेश सभा सांसद गोमा भुर्तेलले महिलाहरुले गुनासो मात्रै गर्ने नभई अधिकारलाई सहि स्थानमा प्रयोग गर्नु पर्ने बताउनुभएको छ । स्थानीय सरकारका उपप्रमुखहरु तथा उपाध्यक्षहरु महिला भएकाले महिला मैत्री बजेट, न्यायीक समितिको अधिकार तथा अन्य क्षेत्रको अधिकारलाई सहि स्थानमा प्रयोग गर्नु पर्ने तर गुनासो नागरिकहरुलाई गर्नु नहुने सांसद भुर्तेलले बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले सबै क्षेत्रको हिसा अन्त्यका लागि सबैको खवरदारी खावश्यक रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले मुलुकको सम्वृद्धीका लागि हिंसा अन्त्य गरी लैङ्गिक समानता सहितको बजेट विनियोजन गर्नु पर्ने बताए । एसपी रविराज खड्काले प्रहरीले मात्रै हिंसा अन्त्य गर्नु पर्छ भन्ने सोचलाई अन्त्य गरी हिंसा न्युनिकरणका लागि सबै पक्ष सक्रिय हुनु पर्ने बताएका छन ।

उक्त कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिना, विभिन्न क्षेत्रका ब्यक्तिहरुले महिला हिंसा अन्त्यका लागि सबै पक्षको सक्रियता आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, संघीय समाजवादी फोरमका उपाध्यक्ष विरबहादुर लामा लगाएत सबैले महिला हिंसा सम्बन्धि कुरा राख्नुभयो ।

काभ्रेपलाञ्चोक जिल्लामा आर्थिक वर्ष २०७३/२०७४ मा जर्बजस्ति करणी २५ वटा, उद्योग १५ वटा भएका छन् भने ज्यान मार्ने उद्योग ३ वटा, कर्तब्य ज्यान ५ वटा, बहुविवाह २२ वटा, बाल विवाह २ वटा, विष सेवन १९, झुण्डिएर ३८, बोक्सिको आरोप ३ वटा, अप्राकृतिक मैथुन २, ठाडो उजुरीमा घरेलु हिंसा लगायत २ सय ३० वटा निवेदन दर्ता भएका छन् ।


तपाईको प्रतिक्रिया