काठमाडौं । काठमाडौंको गोंगबुमा एक बालकको अपहरणपछि हत्या भएको छ । बालकको शव म्हेपीमा भेटिएको हो ।  म्हेपीमा उनको शव झोलामा फ्याँकिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयास दुई दिन अघिदेखि बेपत्ता थिए  । होटल परिसरमै खेलिरहेका प्रयास मंगलबार साँझ अपहरणमा परेका थिए । प्रहरीले अपहरणपछि हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स्याङ्जाका महेन्द्र सार्की छन् ।

 

उनी होटल सञ्चालकका ड्राइभर हुन् । एक महिनाअघिबाट मात्रै उनी प्रवीणको होटलमा काम गर्न थालेका थिए । बालकको अपहरणपछि उनले फिरौती वा अन्य कुनै माग राखेका थिएनन् । प्रहरी स्रोतका अनुसार मालिकले निकालिदिन्छु भनेर पटकपटक गाली र धम्की दिएपछि अपहरण गरेको सार्कीले प्रारम्भिक बयान दिएका छन् । यद्यपि, के कारण हो भन्ने विषय निक्र्यौल भइसकेको छैन ।

 


तपाईको प्रतिक्रिया