काठमाडौं । मिस नेपाल श्रृखंला खतिवडा ‘मिस वर्ल्ड–२०१८’को भोटिङ्गमा एक नम्बरमा छिन् भने उनी टप मोडेल विधामा सेमी फाइनलमा समेत प्रवेश गरेकी छिन् । बिभिन्न अनलाइन युट्युव च्यानलहरुमा उनी अन्तिम चरणको सेमि फाइनलमा प्रवेश गरेको समाचार बनाएपनि श्रृखलाका बुवा बिरोध खतिवडाले भने उनी अन्तिमको टप फाइभमा नभइ अन्य बिझन्न बिधाहरुको राउन्डमा मात्रै छानिएको बताएका छन ।

मिस नेपाल श्रृखलाको गतिविधि प्रभाव पार्नेखालको भएका कारण सबैले रुचाएका छन्। साथै देश विदेशबाट पाएको भोटले मिस नेपाल छोरी श्रृखलापनि अति नै खुसी रहेको बाबु खतिवडाको भनाइ थियो । चक्रपथ डटकमसँगको कुराकानीमा प्रतिनिधिसभाका सदस्य समेत रहनुभएका बिरोधले छोरीले जित्नेमा आफुमात्र नभएर देशनै आशावादी भएको बताए ।

एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भएकी शृङ्खला टप मोडलको सेमिफाइनलमा पुगेकी हुन् । केही समय अघि मिस वर्ल्ड–२०१८’को स्टेजमा एउटा प्रश्न सोधिएको थियो तपाईँको देश नेपालमा सबैभन्दा ठूलो समस्या के हो र त्यसको समाधान तपाईँ कसरी गर्नुहुन्छ  ? प्रश्नको जवाफ शृङ्खलाले निकै नै आत्मविश्वासका साथ दिएकी थिइन।

मिस नेपाल खतिवडा ‘मिस वल्र्ड’ २०१८’को भोटिङमा विश्वभरका सुन्दरीहरुलाई पछाडि पार्दे एक नम्बरमा कायम छिन् । भोटिङका लागि दिएको समय सकिनै लाग्दा श्रृंखला प्रतिस्पर्धीभन्दा निकै अगाडि रहेकी छन् । उनले आफनो फेसबुक पेज मार्फत सबेैलाइ भोटिङ्ग गर्न आग्रह गरेकी छन् ।

‘मिस वर्ल्ड–२०१८’को फाइनल यही मंसिर २२ गते चीनको सान्यामा हुनेछ । प्रतियोगिताका विभिन्न चरणमध्ये अहिले भोटिङ भइरहेको छ । भोटिङमा अहिलेसम्म श्रृंखला ३७.०४ प्रतिशत भोट ल्याएर सबैभन्दा अगाडि छिन् । मिस बल्र्ड प्रतियोगितामा मंगोलियाकी सुन्दरीले १०.७६, भारतीकी सुन्दरीले ६.९४, काजकिस्तानकी सुन्दरीले ६.०१ प्रतिशत मत प्राप्त गरेका छन् । श्रृंखलाले अन्तिम समयसम्म पनि आफ्नो अग्रता कायम राखिन् भने उनले मल्टिमिडया अवार्ड भने पाउने छिन् ।
आमसमुदायले दिएको भोट जस्तै अन्य प्रतिस्पर्धाका चरणमा पनि उनले दमदार प्रस्तुति दिइन् भने मिस वल्र्डको ताज पहिरहने सम्भावना देखिन्छ ।

सामाजिक सञ्जाल ‘मोभस्टार’मा गएर श्रृंखलाको तस्बिर तथा भिडियोमा लाइक, सेयर तथा कमेन्ट गरेका आधारमा उनको भोट काउन्ट भइरहेको छ । यस्तै फेसबुकमा गएर लाइक, कमेन्ट र सेयर गरेको खण्डमा पनि भोट काउन्ट हुन्छ । भोटिङका लागि खुला गरिएको समय आज सकिदैछ । मिस नेपालको फाइनलमा २४ प्रतिस्पर्धीलाई उछिन्दै उनी ताज पहिरिन सफल भएकी थिइन् । ‘सम्वृद नेपाल, सुखी नेपाली’ हुनका लागि ३ महत्वपूर्ण काम के गर्नु पर्ला रु’ भन्ने निर्णायकको प्रश्नमा उत्कृष्ट जवाफ दिँदै श्रृंखला विजेता बनेकी थिइन । मिस वल्र्डका लागि संघर्षरत श्रृंखला अरु प्रतिस्पर्धीलाई पछाडि धकेल्दै सबैभन्दा बलियो सम्भावना भएको कन्टेष्टेन्टका रुमपा दरिदै आएकी छिन् ।
अहिलेसम्म कुनै पनि मिस नेपालले अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिताको उपाधि जितेका छैनन् । तर श्रृंखला खतिवडा एक यस्ती प्रतिष्पर्धीको रुपमा खडा भएकी छन् जसको उपाधि जित्ने प्रबल सम्भावना छ । श्रृंखलाले राष्ट्रिय झन्डा बोकेर आत्मविश्वासका साथ ‘आई विल मेक अल अफ यु प्राउड’ भन्दै आत्मविश्वास बटुलिरहेकी छिन् ।

उनले प्रतिस्पर्धी विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न र गीत गाउन आग्रह गर्दै भिडियो पोस्ट गरेकी थिइन् । उनले आफ्नो भिडियोमा आफूलाई भन्दा पनि नेपालको सुन्दरतालाई देखाएकी छन् । उनले बौद्ध स्तुपदेखि सगरमाथासम्मलाई भिडियोमा समावेश गरेकी छन् । मकवानपुरको हेटौँडामा जन्मिएकी श्रृंखला पेसाले इञ्जिनियर पनि हुन् ।


तपाईको प्रतिक्रिया