बनेपा । हक्की स्वभावक अनि स्पष्ट वक्ता गिता बञ्जारा पनौती नगरपालिकाको उपमेयर हुनुहुन्छ । २०५४ सालको स्थानीय तहको निर्वाचनमा समेत जनप्रतिनिधी बनेर जनतामाझ प्रिय बन्नु भएको बञ्जारा पनौती नगरपालिकाको उपमेयर तथा न्यायिक समितिको संयोजक समेत हुनुहुन्छ ।

उपमेयर बन्नुभन्दा पहिलेदेखिनै उहाँ महिला आन्दोलनमा सकृय बनेर लाग्नु भएको थियो । नेकपा एमालेको जिल्ला कमिटि सदस्यहुँदै उहाँहरुले जिल्लामा कृयाशिल विभिन्न महिला सम्बन्धि सामाजिक संघ संस्थाको नेतृत्व गर्दै आफूलाइ हरेक क्षेत्रमा अब्बल देखाउनु भएको छ ।

२०६२ सालदेखि काभ्रेमा कृयाशिल रहेका महिलाहरुको क्षमता अभिबृद्धि गराउन जागरण नेपालले खेलेको भुमिका काभ्रेको महिला आन्दोलनमा स्वर्णिम अक्षरले लेखिएको बञ्जाराको अनुभव रहेको छ । अनेरास्ववियुको सदस्यहुँदै वामपन्थी आन्दोलनमा कृयाशिल गिताले काभ्रेमा भएका विभिन्न आन्दोलनमा सकृय सहभागिता जनाउनु भएको छ । पनौती नगरपालिकाको उपमेयर बनेसँगै उनले महिला हक अधिकार स्थापित गराउन महत्वपुर्ण भुमिका निर्वाह गरेकी छिन् । उनै गिता बञ्जारासँग सामाजिक र राजनीतिक जीवनमा आधारित रहेर भएको कुराकानीको अंश :

0 समग्र महिला आन्दोलन कुन अवस्थामा पुगेको छ ?

काभ्रेली महिलाहरुको आन्दोलन शसक्त रुपमा २०६२÷०६३ को आन्दोलनदेखि लागेका छौ । सो आन्दोलनको महत्वपुर्ण उपलब्धीको रुपमा पाटीले महिलाहरुलाई ३३ प्रतिशत सिटको अनिवार्य व्यवस्था गरेको छ । पाटीले जनआन्दोलनमा सफलतापूर्वक सम्पन्न भएसँगै महिलाहरुलाई अनिवार्य रुपमा ३३ प्रतिशतको अवधारणा विकास गरेसँगै जागरण नेपाल भन्ने महिला अधिकारको क्षेत्रमा कृयाशिल रहेको संस्थाले २०६२ सालदेखि निरन्तर काभ्रेमा काम गर्दै आएको थियो ।

जब जनआन्दोलन २०६२÷०६३ सम्पन्न भएसँगै राजनीतिक दलका जिल्लास्तरका महिलाहरुलाई जागरुक बनाउने काम गरेको छ । जागरण नेपालले काभ्रेमा सकृय रहेका दलहरु विशेषगरेर नेकपा एमाले, नेकपा माओवादी र नेपाली कांग्रेसका महिला नेतृत्वहरुलाई राजनीतिमा महिला सहभागिता किन आवश्यक रहेको छ । महिलाहरुले किन राजनीतिमा नेतृत्व लिने, महिलाहरुले अवसर पाएमा कसरी जिम्मेवारी बहन गर्न सक्छन् भनेर कृयाशिल बन्नमा सहयोग गरेको छ ।

आन्दोलनमा किन महिला सहभागिता भन्ने कार्यक्रम जागरण नेपालले संचालन ग¥र्याे । त्यसमध्येमा हामीले नेकपा एमालेको तर्फवाट प्रशिक्षण लिन पायौ । हामी एमालेवाट जिल्ला कमिटिमा रहेका ८ जना महिलाहरु सहभागी भएका थियौ । त्यस्तै,नेपाली कांग्रेसवाट ५ जना नेकपा माओवादीवाट ६ जना सहभागी भएका थियौ । हामीले सो संस्थावाट तालिम लियौ । सो तालिम लिएपछि काभ्रेको विभिन्न गाँउहरुमा राजनीतिमा महिला सहभागिता किन, आन्दोलनमा महिला किन भनेर गयौ ।

हामीले सो समयमा नीति निर्माण तथा राजनितीमा महिला सहभागिता किन भनेर त्यसको नेतृत्व समेत लियौ । हामीले २०७२ सालसम्म काभ्रेको विभिन्न गाँउबस्तीमा पुगेर तालिम समेत संचालन गरेका हौ । त्यसपछि २०७३ सालमा निर्वाचन भयो । त्यो समयको मुख्य कुरा, राजनीतिमा साँच्चिकै भाग लिनको लागि र सकृयता भुमिका निर्वाह गर्नको लागि जागरण नेपालको सहयोग धेरै भयो ।

 

0 के उपलब्धी रह्यो त ? यो लामो समयमा ?

लामो समयसम्म स्थानीय तहको निर्वाचन हुन सकेको थिएन । देशका धेरै अंङ्गहरु निकृय रहेको थियो । हामी काभ्रेका महिलाहरुलाई भने जागरण नेपालले निकृय बनाउने काम गरेन । हामीलाई जागरण नेपालले हरेक क्षेत्रवाट महिलाहरुलाई सहभागिता गराउन, गाँउबस्तीमा रहेका महिलाहरुको आन्दोलनलाई कसरी अघि बढाउने भन्ने कामहरुमा लाग्ने अवसर मिल्यो ।

महिलाहरुलाई अगाडी ल्याउने, भाषणा कलामा सहभागी गराउने, विभिन्न निती तथा योजनाहरुमा सहभागिता गराउने काममा जागरण नेपालको सहयोगी भुमिका रहेको छ ।

 

0 तपाईको व्यक्तिगत जीवनमा यो कार्यक्रमले के प्रभाव पार्याे ?

धेरै कुरामा प्रभावित पारेको छ । हुनत म २०५४ सालको स्थानीय निकायवाट निर्वाचित जनप्रतिनिधी हुँ । त्यो समयमा मैले धेरै अवसर पारेको छु । मैले त्यो समयमा पाएको अवसरको सदुपयोग गरेको थिए । सोही आधारलाई टेकेर मैले नेकपा एमालेको जिल्ला कमिटिमा काम गर्ने अवसर पाए ।

जब म जिल्ला कमिटिको सदस्यमा काम थाले । त्यसपछि मैले जागरण नेपालको कार्यक्रममा सहभागी हुने अवसर मिल्यो । मैले धेरै कुरा सिकेको थिए । तर मैले सिकेको कुराहरु व्यवहारमा उत्रान्न निक्कै सहयोगी भयो ।

 

0 तपाई स्थानीय समितिको संयोजक भएपछि कस्ता कामहरु गरिरहनु भएको छ ?

मैले न्यायिक समितिको संयोजकमा काम गरिरहदा मेरो काम गर्ने योगदानको ५० प्रतिशतभन्दा धेरै जागरण नेपालवाट सिकेको कुराहरु व्यवहारमा उत्राने काम गरिरहेको छु । हामीलाई जुनसुकै अवस्थामा काम गर्नको लागि जागरण नेपालवाट सिकेको कुराहरु अक्षरस व्यवहारमा उर्ताने काम गरिरहेको छु ।

मैले विशेषतः महिला हिंसाका कुराहरु, अधिकारवाट बंञ्चित भएका महिलाहरुलाई हामीले न्याय दिने हिसावले काम गरिरहेका छौ । हामीलाई जागरण नेपालले सिकाएको महत्वपुर्ण कुरा भनेको राजनीतिभन्दा माथि उठेर महिलाहरुको मुद्धा र मुद्धाको प्रकार हेर्न आवश्यक छ । हामीलाई जागरण नेपालले सिकाएको कुराहरु भनेको दलभन्दा माथि उठेर महिलाका मुद्धालाई अघि बढाउनु पर्छ । म न्यायिक समितिको संयोजक बनेपछि त्यहाँवाट सिकेको कुराहरु मुख्यतया महिलाहरुको मुद्धालाई अघि बढाउने काम गरिरहेको छु ।

 

0 टिकट पाउन कस्तो सहयोग पाउनु भयो ? यो अभियानवाट ?

टिकट र आन्दोलन फरक किसिमको कुरा हो । टिकट मैले पाटीमा कस्तो योगदान दिए र जनप्रतिनिधी बन्न कस्तो योग्यताको आवश्यकता पर्दछ । मैले सामाजिक जीवनसँगै राजनीतिक जीवनमा समेत धेरै कुरा सिकेको थिए । सामाजिक जीवनमा खेलेको भुमिकाको आधारमा राजनीतिमा हामीले अवसर पाउने हो । मैले पाटीमा खेलेको भुमिकाको आधारमा मलाई टिकट उपलब्ध गराएको हो ।

मलाई पाटीले विश्वास गरेको छ । मैले टिकट पाउनु पूर्वनै मैले टिकट पाउँदा पाटी र महिला आन्दोलनलाई अग्रणी राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको थिए । त्यसैको आधारमा रहेर म काम गरिरहेको छु ।

 

0 तपाई नेकपा एमालेको जिल्ला कमिटिमा रहेर काम गर्दा र उपमेयर बन्दा के फरक पाउनु भएको छ ?

मैले नेकपा एमालेको जिल्ला कमिटिमा बसेर काम गर्दा योजना बनाएको थिए । भोली म कार्यान्वयन गर्ने स्थानमा पुग्दा यस्तो यस्तो खालको काम गर्नेछु भनेर प्रतिबद्धता व्यक्त गरेको थिए । अझ भन्नु पर्दा मैले योजना बनाएको थिए । मैले जागरण नेपालले संचालन गरेको कार्यक्रममा सिकेको कुराहरु,त्यतीबेला जागरण नेपालसँग बनाएको योजनाहरु यतीबेला कार्यान्वयन गरिरहेको छु । त्यसमा मलाई रि फ्रेसको अवसर मिलेको छ ।

मैले समग्रमा काभ्रेको समग्र महिलाको आन्दोलनमा सहयोग गर्ने किसिमले काम गरिरहेको छु । म पनौतीको उपप्रमुख मात्रै हैन अन्तर पाटी जिल्ला संञ्जालको सचिवको भुमिका थिए । म महिला अधिकार रक्षक संञ्जालको उपाध्यक्ष समेत रहेकाले सिकेका कुरा व्यवहारमा उतार्ने काम गरेको छु ।

मैले यो टेबुलमा बसेर पनौतीको मात्रै नभएर समग्र जिल्लामा महिलाहरुको गतिविधी र घटनाका क्रमलाई नजिकवाट हेरेको छु । महिलाहरु समस्यामा पर्नु भएमा त्यसको तत्कालै समस्या समाधान समेत गराउने गरेको छु । मैले उहाँहरुको समस्याको बहस र पैरवी समेत गरिरहेको छु ।

0 काभ्रेका महिलाहरुको सवल÷कमजोर पक्ष के छन् ?

काभ्रेमा म सामाजिक क्षेत्रमा काम गर्छु भनेर जो लाग्ने ईच्छा रहेको छ । उहाँहरुलाई पाटीले टिकट नदिएपनि उहाँहरुलाई काम गर्ने धेरै अवसर रहेको छ । उहाँहरुले काम गरिरहनु भएको छ । उहाँहरुले त्यसलाई अवसरको रुपमा लिनु भएको छ । नेतृत्व गर्न सक्ने र सहन सक्ने क्षमता उहाँहरुसँग धेरै रहेको छ ।

त्यस्तै काभ्रेका महिलाहरुको कमजोर पक्ष भनेको आर्थिक रुपमा काभ्रेका महिलाहरु सवल छैनन् । महिलाहरु राजनीतिक रुपमा मात्रै भएर हुँदैन, सामाजिक कुराले समेत केही गर्दैन तर आर्थिक रुपमा सवल भएमा मात्रै सबै क्षेत्रमा उनीहरुको सफलता हात लाग्छ । आर्थिक रुपमा हामी अगाडी बढ्नै पर्छ । सबै कुरामा बिज्ञता भएपनि आर्थिक रुपमा पछि परेका छन् । हाम्रो काभ्रे जिल्लामा भुगोलको हिसावले समेत महिलाहरु पछि परेका छन् । काभ्रेको भुगोल धेरै एता र उताको भएको कारणले समेत समस्या रहेको छ ।

हामी महिलाहरुलाई समस्या परेपछि समस्या समाधानका लागि तत्कालै भनेको ठाँउमा पुग्न समेत नसक्ने अवस्थामा छौ । तर हिजोदेखि लागेका महिलाहरु निरन्तर आन्दोलनमा सकृय बनेर लागेका छन् । तर आजका महिलाहरुलाई के लाग्ने रहेछ भने विभिन्न संघ संस्थाले भत्ताको व्यवस्था गरेको छ । हिजो हामी एक सय रुपैया खर्चले तीन दिनमा पु¥याउने गर्दथ्यौ । तर पछिल्लो पिढी साँच्चिकै राजनिती गर्छु भन्दा पहिला भत्ता र सेवाको कुरा गर्न थालेका छन् ।

त्यो बेला मैले राजनीति गर्दा र अहिले आकाश जमिनको फरक रहेको छ । हामी त्यो बेला खाजा खुवाउँछ की खुवाउँदैन भनेर समेत भन्दैनथ्यौ । तर अहिले खाजा र भत्ता अनिवार्य छ वा छैन भनेर सोध्ने क्रम बढेको छ ।

 

० यसको खास कारण के होला ?

अहिलेको वातावरण, विकासको कारण हो । विकास र विनाससँगै हुन्छ भन्छन् । हाम्रो समयमा समाचारको विकल्पनै थिएन । रेडियो वा पत्रिका । तर अहिले हातहातमा समाचार,प्रत्येक ठाँउमा गाडी जान्छ । मोवाईल चलाउन, गाडी चढ्न समेत पैसा आवश्यक भएकाले खोजेको पनि हुन सक्छन् । यो प्रवृत्तिको कुरामात्रै हो ।

 

० दलहरुले महिलालाई दिनु पर्ने भुमिका प्रदान गरेका छन् ?

दलहरुले दिनै पर्ने भुमिका प्रदान गरेका छन् । तर कोही कोही छुटेको हुन सक्छन् । तर हाम्रो पाटीले भुमिका दिएको छ ।

 

० यसो भन्दा काभ्रेको स्थानीय निकाय र संघ र प्रदेशको प्रत्यक्ष निर्वाचनमा प्रमुख पद दिएन नी ?

हामीलाई पाटीले अवसर दिएको छ । हामी महिला लड्छौ भनेर गएका पनि छैनौ । हामी सबै रुपमा प्रमुख पदमा लड्न सक्छौ भनेर जान पनि सकेका छैनौ । सबै कुरा आर्थिक, सामाजिक कुराले पनि हाम्रो दावी रहेको छैन । दावीनै नभएपछि पाटीले दिएन भन्ने मिलेन नी ?

हामीलाई स्थानीय तहको निर्वाचनमा एमालेले उम्मेदवार बनाउँदा जनतालाई दुखी भने बनाएन । किनभने जसले नेतृत्व गर्न सक्छ । उसैलाई टिकट दियो । प्रमुख पदमा कसैले ला भनेर दिदैन नी ? हामीलाई चाहियो भनेर जान सक्नु पर्याे नी । सोही आधारमा टिकट दिएको हो ।

 

० उपमेयर भएपछि के के काम गर्नु भयो ?

मैले उपमेयर भएपछि मैले महिला सहभागितालाई अघि बढाउने काम गरेको छु । हामीले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन महिलाहरुलाई आर्थिक उर्पाजनको काममा लगाउने काम गरेका छौ ।

हामीले महिलाहरुलाई उद्यमी बनाउने काम गरिरहेका छौ । हाम्रो उदेश्य भनेको प्रत्येक वडामा महिला र बालबालिकाको लागि २÷२ लाख रकम सहयोग गरेका छौ । जसको लक्ष्य एउटै हरेक बडामा १०÷१० जना उद्यमी बनाउने हो ।

 

० न्यायिक समितिले कस्तो काम गरिरहेको छ ?

हाम्रो न्यायिक समितिमा साँध सिमान, आली कान्लोदेखि मानाचामल, श्रीमान श्रीमतीको मुद्धा धेरै रहेका छन् । हामीले पनौती नगरमा आएका सबै मुद्धा दर्ता गरेका छैनौ । कुन मुद्धा कस्तो प्रकृतीको भनेर हामीले छलफल गर्ने गरेका छौ ।

न्यायिक समितिले हेर्ने, मिलापत्र गर्ने र हेर्न नमिल्ने मुद्धाको वर्गिकरण हुने गरेको छ । पछिल्लो समयमा आएर वैदेशिक रोजगारीको समस्या, श्रीमान् श्रीमतीको कुरा धेरै आएका छन् ।

 

० समग्र पनौतीलाई महिला हिंसा नहुने नगर कसरी बनाउने सकिन्छ ?

महिला हिंसा कम गर्न मैले एउटा संस्थासँग समन्वय गरिरहेको छु । त्यसको लागि मैले हिंसा हुने क्षेत्रको वर्गिकरण गरेको छु । कुन क्षेत्रवाट धेरै मुद्धा आएका छन् । त्यसको क्षेत्र छुट्टाउने अनि त्यसको आधारमा उहाँहरुलाई तालिम संचालन गर्ने गरेका छौ । वर्गिकरणको आधारमा उच्च जोखिम, जोखिम र न्यून जोखिम हामीले छुट्टाएर काम थालेका छौ । हामीले पनौती नगरपालिकाभरीवाट ६ ओटा क्लष्टर छुट्टाएर हामीले त्यहाँ गएर कानुनी सहायताको काम समेत गरिरहेका छौ ।

एक चरणमा हामीले उच्च जोखिम रहेको क्षेत्रमा गएर कानुनी परामर्शको काम गर्ने र केही समयपछि सोही ठाँउमा पुगेर पुनः महिला हिंसाका कुराहरु समेटेर अनुशिक्षण दिनेछौ । कस्तो प्रतिक्रिया आउँछ । त्यसको विश्लेषण समेत हामी गरेर काम थाल्ने छौ । हामीले समुदायसँगै सामुदायिक विद्यालयमा समेत पुगेर काम गर्नेछौ ।

 

० महिला कति ऋणी छन् पनौतीमा ?

पनौतीको सहकारीहरुमा बैंकहरुमा धेरै महिलाहरु ऋणी रहेका छन् । यो ठुलो समस्याको रुपमा रहेको छ । जानेर नजानेर महिलाहरु फसीरहेका छन् । सहकारीका समुहले ऋण दिएका छन् । महिलाहरुको खाँचो टरेको छ तर ऋणीको संख्या बढेको छ । यसले ठूलो सामाजिक समस्या आएको छ । पनौतीमा २२ प्रतिशतसम्म लगानीमा लद्युवित्त रहेका छन् ।

अब आउने बर्षहरुमा पनौतीमा सहकारी र लद्यु वित्तको सबै कुरा हामी वायोडाटा संकलन गरिरहेका छौ । हामी सबैको अवस्था बुझीरहेका छौ । महिलाहरु ऋण लिएर कति सक्षम भएका छन् भन्ने वायोडाटा लिने गरेका छौ ।

 

० घरेलु मदिरा बनाउने दोषी कि खाने ?

बनाउने भन्दा खाने दोषी हुन् । बनाउने बाँध्यताले हो । खानु भएन । मदिरा बनाउनेलाई हामीले तालिम दिएर फरक व्यवसाय गराउने योजना रहेको छ ।

 

० अन्त्यमा पत्रिका मार्फत ?

पत्रिकामा स्थान दिनु भएकोमा धेरै धन्यवाद ।

 

आइतबारको खबर चौतारीमा प्रकाशित छ ।


तपाईको प्रतिक्रिया