नेपालमै होमस्टे(घरबास) को अवधारणा सुरु हुने समयमा काभ्रेको पातलेखेतका स्थानीयहरुले आँगनवाटै देखिने हिमाल र करेसाबारीमा फल्ने तरकारी खेती देखाएर होमस्टे सुरु गर्नु पर्छ भन्ने योजना बनाउँदै थिए । त्यतीखेर होमस्टेको सामान्य अवधारणा समेत बुझेका थिएनन् नारायणबहादुर तामाङले । गाँउभरीका अग्रजहरुको भेला भैरहेको थियो । हाम्रो गाँउघरमा पर्यटक आउछन् भनेर नारायणले सोचेकै थिएनन् । लवग्रिन नेपालले पातलेखेतको कालिदेवी माविको भवन बनाउँदै थियो । त्यतीबेला लवग्रिनका सरहरुले आएर पातलेखेतमा होमस्टे चलाउन सकिन्छ भनेर बताउँदा धेरैले पत्याएका थिएनन् । ठूला उमेर समुहका स्थानीय बासिन्दाले समेत पत्याउन नसकेको कुरा सानो उमेरको नारायणले कसरी पत्याउन सक्थे र ? उनले पनि पत्याएनन् । तर भेलावाट होमस्टे चलाउने भनेपनि पत्याउन बाँध्य पातलेखेतवासीले आफैलाई ८ बर्षको समयमा सबैलाई पत्याउन बाँध्य बनाएरै छाँडे ।

यो १० बर्षअघिको कुरा थियो, तर १० बर्षमा नारायण लामा र पातलेखेतबासीले पर्यटनका धेरै कुरा बुझेका छन् । पर्यटकलाई कसरी स्वागत गर्न सकिन्छ भनेर उनी र उनका परिवारका सबै सदस्यहरु सकृय रुपमा सहभागी बन्ने गरेका छन् । पातलेखेतका एक दर्जन परिवार हरेक दिन आफ्नो होमस्टेमा आएका पर्यटकहरुलाई स्वागत गरिरहेका हुन्छन् । पातलेखेत होमस्टेले पातलेखेतका स्थानीयको दैनिक जीवनमा समेत रुपान्तरण गरेको छ । तर दैनिक रुपमा आफ्नो गाँउसम्म पर्यटकहरु कसरी भित्राउन सकिन्छ भनेर भुमिका भने नारायण तामाङ र पातलेखेत होमस्टे संचालक समितिले खेल्ने गर्दछ । उनी पातलेखते होमस्टे संचालक समितिका सदस्य समेत हुन् भने होमस्टे एशोसिएसन प्रदेश नंम्बर ३ का सदस्य समेत हुन् ।

पातलेखेतमा विशेषगरि ताईवानका पर्यटकहरु आउने गर्दछन् । उनीहरुको पहिलो रोजाइमा सो होमस्टे पर्ने गर्दछ । आँखाले भ्याउञ्जेल हिमाल हेर्न पाईने मात्रै नभएर पुर्ण पारिवारिक वातावरणमा होमस्टे संचालन भैरहेको नारायणको अनुभव छ । उनै नारायणसँग युवाको मनोबृत्तिमा रहेर गरिएको कुराकानीको संम्पादित अंश :

0 कसरी सुरु भयो, पातलेखेत होम स्टे ?

आठ वर्षअघि कनिका किन्न बनेपा जाने र त्यसले रक्सी बनाउँदै दिनचर्या बिताउने पातलेखेतका स्थानीयलाई अहिले भ्याई नभ्याई छ । बनेपाबाट कनिका किन्यो, रक्सी बनायो अनि भट्टी पसलमा बेच्यो । त्यो बेलाको पेशासँग हाम्रो आत्मसम्मान थिएन । रक्सीले समाज नै बिगार्ने बुझेर उनी ०६८ सालमा गाँउमा सुरु भएको होमस्टेको सदस्य भएपछि हाम्रो परिचय नै फेरिएको छ । पातलेखेत होमस्टेमा आबद्ध १८ घरपरिवारको जीवनशैली यतिबेला सोही होमस्टेले बदलिदिएको छ । त्यसमा महिलाकै संख्या अधिक छ ।

हामीलाई होम स्टे संचालनका लागि लवग्रिनका सरहरुको विशेष योगदान रहेको छ । उहाँहरु हाम्रो गाँउको कालिदेवी माविको भवन बनाउन आउनु भएको थियो । पातलेखेतवाट हिमाल देखिने भएकाले यहाँ होम स्टे संचालन गर्न सकिने भएको संम्भावता बारे भनेपछि हाम्रो भेलावाट १८ घरधुरीको संम्लग्नतामा हामीले होमस्टे सुरु गरेका थियौ ।

0 भुकम्पपछि केही असर पारेन होम स्टेलाई ?

भुकम्पपछि केही समय हाम्रो होमस्टे बन्दनै भयो । तर हामीले फेरि पुनः निर्माण गरेर होमस्टे संचालन गरिसकेका छौ । हामीले यो ८ बर्षको समयमा १२ भन्दा धेरै मुलुकका पर्यटक आफ्नो होमस्टेमा आएक छन् । भूकम्पपछि पनि राम्रो व्यवस्थापनमा हामीले सेवा दिएका छौ । हामीले टेन्टमा भए पनि पर्यटकलाई सेवा दिइरहेका र हाम्रो होमस्टे राम्रोसँग सञ्चालन भइरहेको सन्देश दिन चाहन्छौ । हाम्रो होमस्टे अहिले संचालकको घर पुन निर्माण गरेर घरवाटै संचालन गरिरहेका छौ ।

0 पातलेखेत होमस्टे महंङ्गो होला नी ?

नेपालमै सस्तो मूल्यमा स्तरीय सेवा पातलेखेत होमस्टेले दिएको छ । मद्यपान गराउन पूर्ण रूपमा रोक लगाइएको छ । सात दिनको प्याकेजमा गाउँलेको घरमा जे पाक्छ, त्यही पर्यकटलाई खुवाउने गरिएको छ । साताको दुई दिन माछामासुको समेत व्यवस्थापन गरिने गरेको छ । ग्रामीण परिवेश र उनीहरूलाई नौलो लागेको काम सिकाउने भएकाले पातलेखेत होस्टे धेरैको आकर्षणको केन्द्र बनेको छ । गोठमा गाईभैंसी दुहुने, खेतबारीको काम र प्राकृतिक रूपमा आकर्षण भएपछि एक पटक आएका पर्यटक पटकपटक सोही होमस्टेमा आउने गरेका छन् ।

पातलेखेतका स्थानीयमा होमस्टेको औधी लगाव देखेर उद्योग वाणिज्य संघले सञ्चालन गरेको ‘एक गाउँ एक उत्पादन’ अन्तर्गत पातलेखेतलाई कृषि र पर्यटनमा छनोट गरी सहयोगसमेत सुरु गरेको छ,’ त्यसमा धुलिखेल नगरपालिका, उद्योग वाणिज्य संघको समेत सहयोग रहेको छ ।

0 नमूनाको रुपमा के काम भैरहेको छ हो स्टेमा ?

एक गाउँ एक उत्पादन जापान तथा थाइल्यान्डमा सफल भएपछि नेपालमा पनि सोही अनुरूप काम भइरहेको काभ्रेको पातलेखेतमा पनि उद्योग वाणिज्य संघले काम गरेको थियो । अब नेपालमै नमुना होमस्टेको रूपमा पातलेखेत होमस्टेलाई बनाउन हामी तालिम पनि सञ्चालन भएका छन् । होम स्टे संचालकहरुले समेत पर्यटकको मागअनुसार सुविधा पनि थपेर काम गरिरहेका छन् ।

 

0 युवाहरु गाँउमा काम गर्ननै मान्दैनन् नी किन होला तर तपाई गाँउमै बसेर काम गरिरहनु भएको छ नी ?

हामीले जहाँ काम गरे पनि सन्तुष्टि पाएका छौ की छैनौ भन्ने मुख्य कुरा हो । मैले पनि अरु युवाको जस्तो गाँउ छाडेर शहर नपसेको हैन । होटल व्यवसायमा आबद्ध भएर मैले धुलिखेल, बनेपा, काठमाण्डौंका होटलमा काम गरेको छु । म केही बर्ष वैदेशिक रोजगारीको लागि खाडीमुलुक पनि गए । तर आफ्नै गाँउमा केही गर्न सकिन्छ भनेर अहिले गाँउमा होमस्टे संचालन गरिरहेको छु । म यसमा सन्तुष्ट रहेको छु ।

0 दैनिकी कसरी बिताउने गर्दै हुनुहुन्छ ?

म एउटा युवा भएकाले मैले मेरो समाज र देशका लागि केही गर्नैपर्छ । नवजवानहरुको काँधमा देशको भविष्य रहेको छ । त्यसैले म पछिल्लो समय देशका लागि केही योगदान दिन सकिन्छ भनेर काम गरिरहेको छु ।

भर्खरै धुलिखेल नगरपालिकाले मेरो गाउँ पातलेखेतलाइ पर्यटकीय गन्तव्यस्थल बनाउने निर्णय गरेको छ । तयसका लागि आवश्यक रहेको आतिथ्यताको कामलाई मैले तीन महिना गाँउकै दाजुभाईलाई तालिम दिइरहेको छु ।

 

0 फुर्सदको समयमा के गर्न रुचाउनु हुन्छ ?

मलाई फुर्सदको समयमा कसरी सामाजिक काम गरौ भन्ने भावना अघि बढ्ने गर्दछ । म आफ्नो व्यक्तिगत कुराभन्दा पनि सामुहिक कुरामै विश्वास गर्ने भएकाले सामाजिक कृयाकलापहरुमा व्यस्त रहने गरेको छु । यसका साथै सामाजिक बिषयमा आधारित रहेर साथीहरुसँग कुराकानी गर्ने गरेको छु । साथीभाइहरुसँग भलाकुसारी गर्न, नया नया कुराको खोजी गर्न र पुस्तक पढ्न मन पर्छ ।

0 होम स्टेका समस्या के छन् ?

हामी सोच्ने गर्दछौ होमस्टे चलाउन सजिलो छ । तर वास्तवमा होमस्टे संचालन गर्न धेरै अप्ठारो रहेको छ । हामीले सोचेको जस्तो सजिलो छैन । अरुलाई आतिथ्यता गर्नु धेरै गाह्रो कुरा हो । यसमा लगानीको समस्या रहेको छ । त्यस्तै हामीले स्वागत गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको व्यवहार बुझ्न गाह्रो छ । गुप्रमा आउने पर्यटकहरुका फरक फरक ईच्छा भएकाले उहाँहरुको सोचाई बुझ्न समेत अप्ठारो परेको छ ।

० तपाई युवा प्रेम के हो जस्तो लाग्छ ?

प्रेम अमुल्य र अदृश्य चिज हो । जुन पशुपन्छी र जीवजनावर समेतले सम्झन्छन् वुझ्छन र स्विकार्छन् । मानवको लागि त अपरिहार्य र जीवन जीउन आवश्यक कुरा हो ।

0 सामाजिक काम गर्ने प्रेरणा कहाँवाट पाउनु भयो ?

सानै देखि समाजको लागि केही गर्न पर्छ भन्ने सोच थियो, साथमा घरपरिवार बाट पनि प्रेरणा पाइयो र साथीभाइ बाट सहयोग पाएर सामाजिक कामका लागे । तर म समाजसेवी हैन सामाजिक काम गर्ने एउटा व्यक्ति मात्रै हुँ ।

० अत्यमा केही भन्न हुन्छ ?

देश हामीले बनाउने हो । हामी जुन क्षेत्रमा लागेका छौ । सोही क्षेत्रवाट देशका लागि समाजका लागि केही योगदान दिऔ । अहिलेका युवा मिलेर नै देशको विकास गर्न पर्छ ।

 

आजको खबर चौतारी साप्ताहिकमा प्रकाशित छ ।


तपाईको प्रतिक्रिया