बनेपा । सामान्य खेतीकिसानी गर्ने डाँडापारि महाभारत गाँउपालिका–२ गोकुले मुलपानीका लापोन लामा छिनछिनमा अर्धचेत हुन्छन् । कात्र्तिक २६ गते घरवाटै हराएको माईलो छोरोको हत्या गरिएको अवस्थामा साताबिसे खोल्साको ढुंगामाथि उत्तानो अवस्थामा शव देखेपछि उनको मन ठाँउमा आउनै सकेको छैन । भारी बोकेर जीविकोपार्जन गर्नुपर्ने उनको परिवार १२ दिनदेखि शोकमा डुबेको छ ।

लापेन लामाको परिवारले राम्रैसँग दशंै,तिहार मनाएको थियो । सबै परिवारका सदस्यहरुको दशंै तिहार राम्रो भएपछि अब हिउँदको तयारीमा जुट्दै थियो । एकाएक उनको माईलो छोरा विजय घिसिङ हराए । कात्र्तिक २६ गते घरवाटै हराएका उनको उमेर पाँच बर्षको थियो । धेरैले जंगली जनावरले लग्यो भन्ने अनुमान गरेका थिए । गाँउले आफन्त र परिवार मिलेर दुईदिनसम्म आसपासको जंगल र छिमेकीको घरमा खोजे । तर हराएका बालक विजयको कुनै पत्तो लागेन । तीनदिनपछि घरवाट एक घन्टाको पैदलमा पुगिने जंगलमा उनको शव फेला प¥र्याे । सातबिसे खोल्साको ढुंगामाथि शव फेला परेपछि उनीहरुले प्रहरीलाई खबर गरे । सुरुमा परिवार आफन्तले स्वभाविक मृत्यु सम्झे अनि डाँडापारिमै दाहसंस्कार गर्ने निर्णयमा पुगे ।

प्रहरीले मानेन, प्रहरीलाई बालकको मृत्यु नभएर हत्याको आशंका लाग्यो अनि प्रहरीले मृतक बालकको शव पोष्र्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल पठायो ।
परिवारलाई पोष्टमार्टम लगायतको खर्च हुने चिन्ताले मृतक छोराको शव काठमाण्डौैं पठाउनै खोजेका थिएनन् । तर प्रहरीकै आग्रहमा शव काठमाण्डौं पुग्यो । नभन्दै प्रहरीको आशंका मिल्यो,पाँच बर्षिया बालकको हत्या भएको पुष्टि भयो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविराज खड्काले डाँडापारिको गोकुलेमा मृत अवस्थामा फेला परेको पाँच बर्षिया बालक विजय घिसिङको घाटी छोपेर हत्या भएको हुन सक्ने प्रारम्भिक रिर्पाेट आएको बताए ।

‘हामी गम्भिर प्रकृतीको अपराध भएकाले डाँडापारिको घटनाको सुक्ष्म रुपमा अध्ययन गरिरहेका छौ’एसपी खड्काले भने । घटना घटे लगत्तै डाँडापारिको प्रहरी र जिल्ला प्रहरी कार्यालयका डिएसपीको टोली घटनास्थलमा पुगेर अनुशन्धान गरेको एसपी खड्काले बताए । उनले आज पुनः अर्काे विशेष टोली अनुशन्धानको लागि डाँडापारि जाने तयारी गरिरहेको बताए । ‘हाम्रो पुरै टिमले ईर्फाेक्ट लगाएर घटनाको अनुशन्धान गरिरहेको छ’ एसपी खड्काले दावी गरे ।

प्रहरीले सबै शक्ति अनुशन्धानमा लगाएको बताएपनि मृतकका परिवार, आफन्त र डाँडापारिबासीले भने, प्रहरीले अनुशन्धानमा धेरै चासो नदिएको बताउन थालेका छन् । हत्या भएको ११ दिनपुरा भैसक्यो अपराधीसम्म प्रहरी पुग्नै सकेको देखिदैन,एक डाँडापारि गोकुलेबासीले भने । पोष्र्टमार्टमको रिर्पाेटले हत्या भएको पुष्टि गरेकाले अब अपराधी नियन्त्रणमा दिने दायित्व प्रहरीलाई थपिएको डाँडापारीका स्थानीय बताउँछन् ।

डाँडापारिमा समय समयमा हत्याका घटना बढेको र पाँच बर्षको बालकको समेत हत्या भएपछि यतीबेला डाँडापारि क्षेत्रनै त्रसिद बनेको छ । मृतक विजयका ठूलोबुबा बलिमान घिसिङले आफ्नो भतिजाको हत्यारालाई तत्कालै कारवाही र नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी समेत दिएका छन् । उनले आफ्नो भतिजाको हत्या भएको पुष्टि भैसकेकाले अब हत्यारा समाउने कार्यमा प्रहरीले थप अनुशन्धान थाल्न आवश्यक रहेको बताए । ‘मेरो भतिजको हत्या भएको आज १२ दिनहुँदा समेत हत्यारा पत्ता लाग्न सकेको छैन, छिटोभन्दा छिटो प्रहरीले हत्यारालाई पत्ता लगाओस्’ उनले भने । ‘हामी अनुशन्धानमा प्रहरीलाई सहयोग गर्छाै तर बालकको हत्यारा प्रहरीले पत्ता लगाईदिनु पर्याे’ठूलोबुबा बलिमानले भने । उनीहरुको कोहीसँग दुश्मनी नरहेको र सामान्य परिवारको व्यक्ति भएकाले आम नागरिकलाई न्याय दिलाउन बलिमानले माग गरे ।

पाँच बर्षका बालक विजय घिसिङको हत्या भएको १२ दिन पुराहुँदा समेत आफन्तले मृतक बालकको शव बुझेका छैनन् । हत्यारालाई नियन्त्रणमा लिएपछि मात्रै उनीहरुले बालकको अन्तिम संस्कार गर्ने बताएका छन् । अन्तिम संस्कार गर्न समेत मृतक बालकको परिवारसँग आर्थिक अवस्था कमजोर रहेको महाभारत गाँउपालिकाको अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनले घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई तत्काल कारवाही गर्न आवश्यक रहेको बताए । उनले गाँउपालिकाको तर्फवाट अनुशन्धानमा सहयोग गर्ने समेत बताए । बालक हत्याको सत्यतथ्य छानविन गर्नको लागि जिल्ला प्रहरी कार्यालयले डिएसपी दीपक गिरीको नेतृत्वमा छानविन समिति बनाएर अनुशन्धान थालेको छ ।

आजको खबर चौतारी साप्ताहिकमा प्रकाशित छ ।


तपाईको प्रतिक्रिया