काभ्रेको नमोबुद्ध नगरपालिकाको मुख्य बजार भकुण्डेवशेी आसपासमा मात्रै आठ ओटा ईट्टा उद्योग छन् । मिनी उपत्यका भकुण्डेको कृषियोग्य जमिनको कूल लम्बाई २ किलोमिटर चौडाई ५ सय मिटरको छ । यो बिचमा ८ ओटा उद्योग संचालित छन् ।

स्थानीय तहको निर्वाचनपछि ३ ओटा र त्यसअघि पाँच ओटा उद्योग दर्ता भएका थिए । केही बर्षसम्म निर्वाध चलेका उद्योगहरुमा स्थानीय सरकारको गठनसँगै वातावरणको नाम देखाएर उद्योगमा सेन्सर लगाउन सुरु भएको उद्योगीहरुको आरोप छ । तर नगरपालिकाले हरित नगरको योजना अघि सारेको भन्दै उद्योग नविकरण रोकिएपनि उद्योगीहरुले ईट्टा बनाउन थालेका छन् भने नगरले ईट्टा उद्योगले जग्गा समेत उपलब्ध नगराईदिन अनुरोध गरेका छन् । यतीबेला भकुण्डेको समस्या विवादको समाधान तर्फ अघि बढ्न सकेको छैन । त्यसमा दुबैतर्फ समाधानको निकास खोजीहरेका छन् ।

उद्योगीहरु करोडौं लगानी डुब्ने त्रास जे गर्ने भन्ने तयारीमा छन् भने नगरले समेत आफूहरुले गरेको निर्णयवाट कुनै पनि हालतमा ब्याक नहट्ने मनस्थितीमा देखिएपछि भकुण्डेमा स्थानीय सरकार र व्यापारीबिच द्वन्द्वको अवस्था सृजना भएको छ । यसको निकासको बाटो अब कुन निकायले खोज्ने कसैले उत्तर दिन सकेका छैनन् । यसको बिचमा जनता छन् । एकपक्ष ईट्टा उद्योगले राम्रो पैसा आउने भएकाले भाडामा उद्योगलाई दिने पक्षमा छन् भने केहीले उद्योग उठ्ने अडानमा छन् । उद्योगी स्थानीय जनताप्रति सोचेको जस्तो सहिष्णु पनि छैनन् ।

एक रुपैया छुट पनि स्थानीयलाई दिन तयार देखिदैनन् । यस्तो अवस्थामा बलियो स्थानीय सरकार र आर्थिक रुपमा सम्पन्न उद्योगीहरु बिच टसल बढ्दै गएको छ । नमोबुद्ध नगरपालिकाले वातावरण प्रदुषण बढ्दै गएको कारण मानव स्थास्थ्यमा प्रतिकुल असर पारेको भन्दै बन्द गर्ने अभियानमा जुटिरहेको छ । नगरपालिकाले सार्वजनिक रुपमा ईट्टाभट्टा दर्ता तथा नवीकरण रोक्का र सञ्चालित ईट्टा भट्टालाई जग्गा दिने जग्गादाताहरुलाई अनुरोध सम्बन्धी सूचना जारी गर्दै ईट्टाभट्टाबाट निस्केका धुँवा, धुलो र ध्वनीबाट जनस्वास्थ्य र वातावरणमा प्रत्यक्ष नकारात्मक असर पारी श्वासप्रश्वासका साथै आँखाको राग समेत बढेको भन्दै त्यसप्रकारको काम अगाडी नबढाउन र त्यस विपरित अगाडी बढेमा सम्पूर्ण असरको जिम्मेवार स्वयं उद्योग व्यवसायि नै रहने बताउँदै आएको छ ।भकुण्डेवेशी क्षेत्रमा कृषिजन्य कार्यक्रमलाई प्रोत्साहन दिन नगरपालिकाबाट प्याकेज कार्यक्रम लागु गरिने भएको हुँदा ईट्टा उद्योगहरुलाई जग्गा उपलब्ध नगराउन नगरपालिकाले नागरिकहरुमा आग्रह गरेको छ ।

यसको द्वन्द्वको बिचमा जनताले ठूलो क्षती व्यहोर्ने अवस्था सृजनाहुने अवस्था आउने संकेत देखिएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सम्बन्धित मन्त्रालयले तत्कालै ध्यान दिन जरुरी देखिन्छ ।

आजको खबर चौतारी साप्ताहिकमा प्रकाशित छ ।


तपाईको प्रतिक्रिया