धुलिखेल । ईन हाउस क्रियसनको प्रस्तुतिमा लोकदोहोरी गित ‘बसमा छैन मन’ गीतको म्युजिक भिडियो सार्वाजनिक भएको छ ।

दिनेश भण्डारी र भुपेन्द्र भण्डारीको लय तथा शब्द भित्र रहेको गीतमा चर्चित दिनेश भण्डारी, भुपेन्द्र भण्डारी, सर्मिला श्रेष्ठ र मिरा अधिकारीको सुमधुर आवाजमा रहेको छ ।

बिक्रम चौहानले निर्देशन गरेको यो म्युजिक भिडियोलाई प्रकाश खडकाले छायांकन गरेका हुन् भने अधिनायक मान श्रेष्ठले सम्पादन गरेका हुन् । विष्णु तामाङको संगीत संयोजनमा रहेको यस म्युजिक भिडियोमा निर्देशक बिक्रम चौहान, रिना थापामगर, अनिल भण्डारी र राम कुमार थापाको अभिनय रहेको छ ।

भिडियो हेर्नको लागी तलको लिंक खोल्नुहोस :

https://www.youtube.com/watch?time_continue=1&v=UWmSI5zVj74


तपाईको प्रतिक्रिया