धुलिखेल । काभ्रेको विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा १८ जना घाइते भएका छन् ।

बनेपाबाट नमोबुद्धतर्फ जाँदै गरेको बा१ख ९३९४ नंको मेहन्द्रा निशान अनियन्त्रित भई धुलिखेल नगरपालिका–९ पीपलबोटमा दुर्घटना हुँदा १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

दर्शनका लागि नमोबुद्ध जाँदै गरेको गाडी अनियन्त्रित भई पल्टिदा घाइते मध्ये १० जना उपचार गरेर घर फर्किसकेका र बाँकी सात जनाको धुलिखेलको अस्पतालमा उपचार भइरहेको गिरीले बताउनुभयो । दुर्घटना भएपछी फरार भएको गाडी चालकको खोजी भइरहेको र गाडी प्रहरी नियन्त्रणमा रहेको बताए ।

यसैबीच आज दिउँसो धुलिखेल नगरपालिका–४, स्थित मिरावेल चोकमा बनेपातर्फ गइरहेको बा ९१ प ३९२५ नंको स्कुटीलाई सोही दिशातर्फ गइरहेको बा ८९ प ८५६७ नंको स्कुटीले ठक्कर दिँदा बा ९१ प ३९२५ नंको स्कुटीमा सवार भक्तपुर, सूर्यविनायक नगरपालिका–७ बस्ने २६ वर्षीया सम्झना कोर्जु घाइते भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जनाएको छ ।

 


तपाईको प्रतिक्रिया