धुलिखेल । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं काठमाडौ विश्वविद्यालयका सहकुपति गिरिराजमणि पोखरेलले देशमा शैक्षिक जनशक्ति आवश्यकताको प्रक्षपणका आधारमा शैक्षिक संस्थाको निर्धारण हुनपर्ने बताउनुभएको छ ।

मन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार धुलिखेलमा काठमाडौ विश्वविद्यालयको २४औँ दीक्षन्त समारोहलाई सम्बोधन गर्दै शिक्षामा व्यवसायिक नभई व्यापारिक बन्दै गयो, संघीय संसदमा शिक्षामा भएका विकृति, विसंगति निर्मूल पार्ने शिक्षा आयोग गठन गर्न विधयक पासगर्ने प्रक्रियामा भएको बताउनुभयो ।

शिक्षा सामाजिक न्यायको सिद्धान्तका आधारमा प्राथमिकीकरण हुनुपर्ने बताउँदै शिक्षा सुविधाविहीन जनताको पहुँचमा पुग्नुपर्ने आवश्यकता भएको बताउनुभयो । पोखरेलले भने ‘शैक्षिक क्षेत्र विविध समस्याले ग्रस्त बन्दै गयो, यसकारण शैक्षिक बेरोजगार बढ्दै गए, अब संघीय शिक्षा नीतिमार्फत शैक्षिक सुधारतर्फ लाग्छौँ । उनले संघीय संसदमा चिकित्सा आयोग गठन गर्न मस्यौदा पेश भैसकेको र छलफलको अवस्थामा रहेको उल्लेख गर्दै नेपालको विकासको प्रमुख पूर्वाधार स्वास्थ्य र शिक्षा क्षेत्रलाई राष्ट्र निर्माणको उच्च प्राथमिकतामा राखिएको बताए ।

कार्यक्रममा इसिमोडका महानिर्देशक डा.डेभिड जेम्स् मोल्डेनले विश्वमा वातावरण प्रदूषणले बार्षिक सात मिलियन मानिसको मृत्युहुने गरेको बताउँदै विश्वविद्यालयमा उत्पादित शैक्षिक जनशक्तिले यस्ता समस्यालाई मध्यनजर गर्दै प्रदूषण न्यीकरणका वैज्ञानिक उपाय र जनचेतना फैल्याउनुपर्ने बताए । काठमाडौ विश्वविद्यालयका उपकुलपति डा.रामकण्ठ श्रेष्ठले दीक्षित स्नातकलाई आफ्नो काम कर्तव्यमा इमान्दार र चरित्रवान् भई मानव समाजमा समर्पित हुन आग्रह गरे ।


तपाईको प्रतिक्रिया