धुलिखेल । काठमाडौ विश्वविद्यालयको २४ औँ दीक्षन्त समारोहम कार्यक्रममा विभिन्न विधाका १,५५५ जना स्नातक विद्यार्थी दीक्षित भएका छन् ।

कार्यक्रममा स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत डीएम/एमसीएच तहका पाँच जना, एमडी/एमएस्/एमडीएस् तहका १९३ जना, एमबीबीएस् तहका ९६९ जना, बीडीएस् तहका १६६ जना, बीएस्सी नर्सिङ तहका १८२ जना, ब्याचलर आफ फिजियो थेरापी तहका २२ जना र ब्याचलर अफ नर्सिङ साइन्स तहका १८ जना दीक्षित भएका छन् ।

कार्यक्रममा एमबीबीएस् तहमा ८१ दशमलब ५७ प्रतिशत अंक ल्याई उत्कृष्ट हुने नेपाल मेडिकल कलेजकी छात्रा मनाली भट्टलाई भाइस्-चान्सलर स्वर्णपदकले सम्मान गरिएको थियो ।

दीक्षित मध्ये ६४७ जना महिला तथा ९०८ जना पुरुष छन् । यसमध्ये १३९४ जना नेपाली हुन् भने अन्य देशका १६१ जना रहेको विश्वविद्यालयका स्कुल अफ मेडिकल साइन्सेजका डीन डा.राजेन्द्रप्रसाद कोजूले जानकारी दिए ।


तपाईको प्रतिक्रिया