भुकण्डे । उद्योग स्थापना भएको ५ बर्षसम्म जग्गाको भाडा नबढाएका काभे्रेको नमोबुद्ध नगरपालिकाको भकुण्डेमा संचालित ईट्टा उद्योगको नविकरण रोक्ने नगरकोे निर्णयसँगै नगरको विपक्षमा कृषकहरुलाई उतार्न कृषकको खेतको भाडानै दोब्बर बृद्धि गरेका छन् । भकुण्डेमा प्रतिरोपनी नौ हजार रुपैया उपलब्ध गराएका उद्योगीहरुले यो बर्ष १८ हजार रुपैया दिने घोषणा गरेसँगै केही कृषकहरु उद्योगको पक्षमा खुलेर पक्षपोषण समेत गर्न थालेका छन् ।

भकुण्डेमा संचालित आठ ओटा ईट्टा उद्योगहरुको मनलाग्दो माटो उत्खनन् गरेको कारण खेतको सतह नराम्रोसँग विग्रिएको छ । जसको कारण यो बर्ष किसानहरुले राम्रोसँग धान उत्पादन समेत हुन सकेको छैन । सबै उद्योगले पुरा गर्नु पर्ने आधारभुत मापदण्ड समेत पुरा नगरेको कारणले उद्योग यो बर्षवाट नविकरण नगर्ने निर्णय गरेको छ ।

उद्योग संचालन गर्नेनै हो भने उद्योगीहरुले धेरै कुरा सुधार गर्न आवश्यक देखिन्छ । नमोबुद्ध नगरपालिकाका केही वडाका वडाअध्यक्ष सहितका केही जनप्रतिनिधीसँग आर्थिक लेनदेनको चर्चा समेत यतीबेला भकुण्डेमा चलेको छ ।

नगरपालिका रोक्ने र उद्योगी चलाउने रणनीतिमा उत्रिएपछि काभ्रेको भकुण्डेवेशीका ईट्टा उद्योगी र नमोबुद्ध नगरपालिकाबिच ठूलै द्वन्द्वको अवस्था सृजना भएको छ । द्वन्द्वको फाइदा लुट्न बिचौलिया सकृय बन्न थालेका छन् ।
नमोबुद्ध नगरको रेकर्डमा भकुण्डेवेशीमा कुनै पनि ईट्टा उद्योगनै छैनन् । अघिल्लो बर्षवाटै नविकरण नहुँदा स्वतः उद्योग दर्ता रोकिएको नगरको दावी छ । तर उद्योगीहरुले सयौं कामदार झिकाएर उद्योगको काम सुरु गरेका छन् । यो नगरको लाचारीपन बाहेक केही पनि नभएको केही स्थानीयको आरोप छ । ईट्टा उद्योग नविकरण नगर्ने र उद्योगलाई जग्गा समेत भाडामा नदिन नमोबुद्ध नगरपालिकाले सूचना जारी गरेपनि नमोबुद्धको भकुण्डे बजारमा संचालित ईट्टा उद्योगहरुले ईट्टा बनाउने काम सुरु गर्दा द्वन्द्वको खतरा बढेको छ ।

अधिकार सम्पन्न स्थानीय सरकार र आर्थिक रुपमा सम्पन्न उद्योगीहरु बिच विवाद चुलिएको छ । उद्योग एक बर्षका लागि मात्रै नभएर बर्षाैसम्मको लागि लगानी गरिसकेको हुनाले उद्योग विस्थापन गर्न नहुने अडान व्यवसायीको छ भने कुनैपनि हालतमा नमोबुद्ध नगरपालिकाको भकुण्डेमा संचालन भैरहेका उद्योगहरुको व्यवस्थापन हुन नसक्ने अडानमा नगरपालिका देखिएपछि विवाद उत्कर्षकमा पुगेको छ । त्यो विवाद समाधान तर्फ अघि बढेको देखिदैन ।

भकुण्डेवेशी क्षेत्रमा कृषिजन्य कार्यक्रमलाई प्रोत्साहन दिन नगरपालिकाबाट प्याकेज कार्यक्रम लागु गरिने भएको हुँदा ईट्टा उद्योगहरुलाई जग्गा उपलब्ध नगराउन नगरपालिकाले नागरिकहरुमा आग्रह गरेको छ । तर त्यो क्षेत्रमा विगतमा प्रभावकारी रुपमा खेती समेत भएको देखिदैन । यो उद्योग हटाउन नगरले चालेको कुटिल चालको रुपमा लिन सकिन्छ ।

सबै किसान ईट्टा उद्योगको पक्षमा पनि छैनन् । ईट्टा उद्योगले खेतको साईज विगारेकै कारण बाँध्य भएर केही बर्ष ईट्टा उद्योगलाई खेत दिने बाँध्यता उनीहरुसँग छ । त्यसमा नगरले प्रभावकारी रुपमा सोच्नै सकेको छैन ।


तपाईको प्रतिक्रिया