धुलिखेल । नेपाली लोक नाटक लिलामे माईलोको प्रर्दशनको तयारी अन्तिम चरणमा पुगेको छ । नाटक निर्माण पक्षले मौलिक र सामाजिक परिवेषमा आधारित रहेर लिलामे माइलो तयारी गरेको दावी गरेको छ । नाटकको कार्यकारी निर्माता राजाराम गौतमले मौलिकतमा आधारित रहेर मगर समुदायमा आधारित नाटक निर्माण गरेको छ ।

नाटकमा कथा/निर्देशक प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण राज थापा काउचा, कलाकारहरु सलमान गुरुङ, निशा पाख्रिन, राजन भुजेल, पुष्प अवस्थि, विजय नेपाल, विरेन्द्र खाति, अलविना न्यौपाने, विपना थापा लगाएतका कलाकारहरुको भुमिका रहेको छ भने फोटोग्राफि डकुमेन्टेसन युसव गौतम गौतमले गरेका छन् ।

मंसिर १४ देखि पुस ७ गते सम्म कुञ्ज नाटक घरमा मञ्चन हुने नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरि तयारी गरिएको निर्माता गौतमले जानकारी दिए । नेपाल पश्चात नाटक भारतको सिक्किम, दार्जलिङ, सिलगुडि, असाम, थाईल्याण्ड, म्यानमारमा समेत प्रर्दशनको तयारीमा छ ।

लिलामे माइलो फेमेलि ड्रामा र सामाजिक विषयवस्तुलाई नाटकमा उतारेको बताउँदै कथा ÷ निर्देशक प्रभाकर न्यौपानेले रंगकर्मका माध्यमद्धारा नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ब्यक्तीहरुको स्थानीय रहसन, सँस्कृती, पर्ब, ति गाउँले जिवन यापन गर्नेहरुको जिवनमा घट्ने घटनाहरुलाई दुरुस्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्धारा नाटकको रुपमा प्रस्तुत् गर्न लागेको सुनाए । नाटक अवधिभर कुञ्ज थिएटरमा लेटाङ स्पेशल निशुल्क फोटो प्रदशनी समेत राखिने छ । भने काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकाले निर्माण गरेको कला सामग्रीलाई पनि प्रर्दशनीमा बिक्रिका लागि राखिने छ ।

नाटक मंसिर १४ गते देखि पुस ७ गते सम्म मञ्चन हुने भए पनि मंसिर १२ गते काठमाडौंमा रहेका सुकुमबासी बस्तीका बालबालिकालाई र मंसिर १३ गते वृद्धाश्रमका बा, आमालाई निशुल्क देखाईने निर्माण पक्षको दावी छ ।

लिलामे माईलो नाटक मञ्चनबाट संकलन हुने रकम खर्च कटाएर बाँकि रकम सामाजिक कार्यमा खर्च गरिने छ । नाटक माईला भएर जन्मनुभएकाहरुले निशुल्क हेर्न पाउने छन् । सुकुम्बासी बस्तीका बालबालिका र ७० वर्ष भन्दा माथिका बृद्ध बृद्धाले यो नाटक कुनै पनि दिन निशुल्क हेर्न पाउने व्यवस्था रहेको छ ।


तपाईको प्रतिक्रिया