अहिले निकै चर्चामा रहेको बिषय हो गाडी खरिद गर्न भन्दै सरकारसँग मोटो रकम माग गरेको खबर । अहिले यो बिषय निकै चर्चामा छ । अहिले राष्ट्रपतिको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि महँगो मूल्यमा गाडी खरिद गर्न भन्दै सरकारसँग मोटो रकम माग गरेको छ ।सरकारसँग राष्ट्रपति भण्डारीको सुरक्षानिम्ति भन्दै १८ करोड रूपैयाँको गाडी किन्न रकम माग भएपछि कतिपयले राज्यकोषको सम्पत्ति उडाउन खोजेको भन्दै आलोचना गरेका छन् ।

यसैक्रममा नायिक रेखा थापाले पनि राष्ट्रपति कार्यालयको सो कदमको चर्को आलोचना गर्दै नायिका थापाले फेसबुकमा रिसाउँदै राष्ट्रपतिका लागि किन्न लागिएको ‘१८ करोडको गाडीले देशलाई के देला’ भनेर प्रश्न गरेकी छन् ।‘कुरा १८ करोडको गाडीको होइन, यो धेरै ठूलो रकम पनि नहोला नेपाली जनतालाई । तर, अठार जना छोरीले आफू यो देशको राष्ट्र प्रमुख हुने सपना देख्छन् त रु यो लगानीले देशलाई के दिन्छ?’


तपाईको प्रतिक्रिया