काभ्रेपलान्चोक । काभ्रेमा क्याम्पस जान भनेर हिडेकी युवती रुखमा झुण्डिएको अवस्थामा फेला परेकीछिन् ।

सोमबार बिहान ५ बजे कलेज जान भनेर पनौती नगरपालिका–५ की २१ वर्षीया सुधा केसी ७ बजे रुखमा झुण्डिएको अवस्थामा फेला परिन् । काभ्रे क्याम्पसमा बिए दोस्रो वर्षमा अध्ययनरत सुधा बिहान क्याम्पस जान भनेर तयार भईन् तर आमा र सानीआमाले हरिबोधनी एकादशीको दिन कलेज नजान भने । आज पढाई हुँदैन होला कपडा खोलेर घरैमा बस भने क्याम्पस नजाउ भनेपछि रिसाएकी सुधा घर बाहिर निस्किएकी थिईन् ।

धेरै नबोल्ने स्वभावकी सुधाको कसैले हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थल नजिकै ज्याकेट, टि–सर्ट, समिज, जिन्सको पाइन्ट, ट्राउजर तथा चप्पल पनि फेला परेका छन् ।उनले आत्महत्या नै गरेको हो भन्न सकिने अवस्थामा नरहेको प्रहरी बताउँछ । आत्महत्यामा उनकै सल प्रयोग गरिएको काभ्रेका डिएसपी दिपक गिरीले बताए ।

आमाले क्याम्पस नजाउ भनेपछि रिसाएकी सुधाले घरबाट २ मिनेट पर गएर “ल कपडा खोल भनेको होइन” भन्दै रिसाउँदै आफुले लगाएको कपडा खोलेर एकैठाउँमा थुपारेर झुण्डिएको बताईन्छ ।

उता परिवारले भने छोरीको हत्या नभई आत्महत्या हो भएको भनेर स्वीकार्दे अस्पतालबाट पोष्टमार्टम गरि शव पनि बुझेर लगेका छन् । तर घटना संकास्पद भएको भन्दै प्रहरीले छानबिन गरिरहेको छ ।


तपाईको प्रतिक्रिया