पनौती । पनौती नगरपालिका अवसर र चुनौतीको संगमस्थल हो । हरेक १२÷१२ बर्षमा पनौतीको त्रिवेणीघाटमा मकर मेला लाग्ने मात्रै हैन नेपालमा विश्वसम्पदा सुचीमा सुचिकृतको प्रस्तावित क्षेत्र पनि पनौतीमा छ । काभ्रेको भुगोलको हिसावले ग्रामीण क्षेत्रको बाहुल्यता रहेको ठूलो नगरपालिकाले स्थानीय तहको निर्वाचनपछि आफूलाई विकास र निर्माणको दृष्टिकोणवाट अघि बढाउँदै लगेको दावी गरेको छ ।

नियमित काममा मात्रै हैन विशेष योजना बनाएर अघि बढेको पनौती नगरपालिकाले जनप्रतिनिधी पाएसँगै जनप्रतिनिधी, जनता, कर्मचारी र विकास निर्माणलाई योजना बनाएर काम अघि सारेको थियो । निर्वाचन लगत्तै जनताले पाउनु पर्ने प्रशासनिक काममा सकृय भएको पनौती नगरपालिका टिमले १२ ओटानै वडावाट जनताले पाउने सुविधा प्रदान गरिरहेको छ । नगरभित्र आवश्यक रहेका दुई सयओटाभन्दा धेरै योजनाहरुमा ९३ प्रतिशत काम सम्पन्न गरेको छ । यो बर्ष पनौती नगरपालिका २ सय ३ ओटा योजनामा १ अर्ब बजेट खर्च गरिरहेको छ । २ सय ३ ओटा योजनामध्ये ६० ओटा योजना वडास्तरिय काम भैरहेका छन् । सबै काममा उपभोक्ता समितिहरु गठन भैसकेका छन् । नगर स्तरिय योजनाहरु निर्माणको चरण्मा रहेकाले पौष २ गतेभित्र सबै योजना निर्माणमा पनौती नगरपालिका सकृय बनेर लागेको छ ।

स्थानीय तहको निर्वाचन विजयी बनेपछि पनौती नगरपालिका प्रमुख, उपप्रमुख, १२ ओटानै वडाका अध्यक्षहरु र कार्यपालिका सदस्यहरुले पनौतीको विकासका महत्वपुर्ण पाँचओटा योजना सार्वजनिक गरेको थियो । त्यतीबेला महत्वकाक्षी भनेर आलोचना समेत गरिएको योजनाहरु यतिबेला पुरा हुने चरणमा छन् ।
पनौती नगरपालिकाको मेयरमा निर्वाचित भएपछि मेयर भिम न्यौपाने र उनको कार्यपालिकाले सार्वजनिक गरेको महत्वकाक्षी योजनाहरुको काम सुरु भएसँगै नगर लक्ष्य प्राप्तीमा अघि बढेको हो ।

पनौती नगरपालिकामा ‘अवसरसँगै चुनौती’ रहकाले नगरले चनाखो पूर्वक सार्वजनिक गरेको पाँच महत्वपूर्ण योजनाको आधार खडा भएसँगै पनौती नगरपालिकाले लक्ष्य प्राप्तीमा काभ्रेका अरु नगरपालिकामा भन्दा सफल देखिएको हो ।

पनौती नगरपालिकामा प्रमुख भिम न्यौपानेले पनौती नगरपालिकाले सार्वजनिक गरेको महत्वकाक्षी योजना कार्यान्वयनमा अघि बढेको बताए । पनौतीमा निर्माण भैरहेको र पनौतीको गौरवको बिषय रहेको क्षेत्रीय रंगशालाको जग्गा विवादको कारण आधा काम भएर रोकिएको रंगशालाको जग्गाको विवाद सम्बन्धित मन्त्रालयमा पुगेर टुंग्याउने अन्तिम चरणमा पुगेको छ ।

जालसाझी गरेर सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएसँगै पनौती नगर आफैले त्यसको जिम्मेवारी लिएर अघि बढेसँगै दुषित बदरको काम अन्मित चरणमा पुगेको मेयर न्यौपानेले बताए ।‘हामीले नगरको महत्वपुर्ण आधारको रुपमा रहेको क्षेत्रीय रंगशालामा जग्गा विवादको कारण रोकिएको काम अब केही समयमै जग्गा विवाद टुंग्गिएपछि सुरु गर्नेछौ’ मेयर न्यौपानेले बताए । ‘हामीले बुझाएको प्रमाण,स्थानीयबासीले सर्जिमनको गरेको हस्ताक्षरको आधारमा नगरको जग्गा नगरलेनै पाउने अवस्था निर्माण भैसकेको छ केही दिनमा निर्णय जिल्लासम्म आईपुग्छ होला’ मेयर न्यौपानेले भने ।

फलामको च्युराको रुपमा हेरिएको रंगशालाको जग्गा विवादको छिनोफानोको अन्तिम अवस्थामा आएसँगै नगर प्रमुख उपप्रमुख कार्यपालिका सदस्यहरु, स्थानीय जनता र कर्मचारीहरुमा उर्जा थपिएको छ । जग्गा दुषित बदरको लागि पनौती नगरका नागरिक लाग्नु भएको मेयर न्यौपानले बताए । पछिल्लो समय रंगशाला फिर्ता हुनेमा पनौतीवासीको आशा निक्कै थपिएको छ ।

 

 

पनौती नगरपालिकासम्म पुग्ने बनेपा–पनौती सडकमा अत्याधिक चापको कारण ट्राफिकमा समस्या आएपछि पनौती नगरपालिकाले प्राथमिकतामा राखेर पुण्यमाता करिडोरको अवधारणा सार्वजनिक गरेको थियो । पुण्यमाता खोलाको सिंमाकन तथा करिडोर निर्माणको काम सुरु गरेसँगै एक बर्ष लगाएर नगरले पुण्यमाता खोलाले चर्चिएको भागको नक्सा उतारको काम सम्पन्न गरेको छ । पहिलो चरणमा सिंमाकनको आधारमा पुण्यमाता करिडोर निर्माणको ट्राक खोल्नको लागि स्थानीयहरुको सकृय सहभागितामा उपभोक्ता समितिको गठन भएर काम सुरु भैसकेको छ । यो करिडोर निर्माण भएसँगै टिपरको वैकल्पिक मार्गको रुपमा करिडोरलाई प्रयोग गर्ने योजना नगरले अघि सारेको छ । हामीले पनौतीलाई २२ बर्षअघि पनौतीको स्मारक क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा सुचीमा सुचिकृत गर्न प्रस्ताव गरेको थियो । त्यो काम अहिलेसम्म स्विकृत नभएकाले नगरले विशेष योजना बनाएर विश्व सम्पदा सुचीमा सुचिकृत गराउने आवश्यक पहलकदमी अघि बढाएको उपमेयर गिता बञ्जाराले जानकारी दिईन् ।

उनने भनिन्, विश्वसम्पदा सुचीमा सुचिकृत गराउनको लागि पनौतीमा समस्या भएकाले समस्या समाधानको लागि नगरले योजना अघि सारेको छ । स्मारक क्षेत्रमा सुचिकृत गराउनको लागि ७२ ओटा घर विश्व सम्पदा सूचीमा रहने मापदण्ड भन्दा विपरित बनेको कारणले सबै घर सुधार गर्नको लागि नगरले डिपिआर निर्माण गरिरहेको उपमेयर बञ्जाराले भनिन् । त्यसको लागि नगर, युनेस्को र जनताको साझेदारीमा हामी सबै घरहरुलाई विश्वसम्पदा सुचीको ढाँचामा ढाल्ने र त्यसको लागि नगरले आवश्यक बजेट समेत विनियोजन गर्न उपमेयर बञ्जाराले सुनाईन् ।
पनौती आजको चार बर्षपछि पनौतीमा मकर मेला आँउदैछ । मकर मेला हुने त्रिवेणी घाटमा आउने पुण्यमाता खोला फोहोर रहेकाले पुण्यमाता सफाईको अभियानमा पनौती नगरपालिकाले विशेष योजना बनाएको छ ।

पुण्यमाता खोला सधैलाई सफा पार्ने योजनाकै कारण नगरले पनौती ढल व्यवस्थापन समिति मार्फत पनौतीको पुण्यमाता खोला सफाईको अभियानमा नगरले सकृयता देखाएको छ । फोहोर पानी प्रशोधन केन्द्रमा पु¥याउने र लिलावती खोलाको सफा पानीलाई लिलावती सिंचाईको मार्फत बासडोल खोलामा पु¥याउने र त्यसलाई सफा बनाउने योजना रहेको मेयर न्यौपानेले जानकारी दिएका छन् । त्यसको लागि नगरले ठाँउ ठाँउमा बाँध बाँधेर माछा छाड्ने योजना बनाएको छ । पुण्यमाता खोलाको पुलमुनी सुन्थानजाने सडकमा कलात्मक ढंङ्गको हिड्ने बाटो बनाउने अभियान नगरले सुरु गरेको छ ।

नगरले पनौती बसपार्कको अभाव रहेकाले त्यसको योजना अघि सारेको छ । नयाँबसपार्कको लागि आर्थिक व्यवस्थापन नगरले गरेको छ । आगामी बर्षसम्म बसपार्कको लागि जग्गाको व्यवस्थापन गर्ने र भैरहेको बसपार्क बस टर्मिनलको रुपमा विकास गराउने अवधारणा नगरको रहेको छ ।

पनौती नगरपालिकाले बनाएको पाँचओटा योजनाले पनौतीको विकासको ढोका खोल्नेछन् । पाँच बर्षको स्थानीय सरकारको कार्यकालमा सबै कामहरु सम्पन्न गर्ने काममा जनप्रतिनिधीहरुको ध्यान केन्द्रीत देखिएको छ । त्यसका साथै नियमित रुपमा हुने काम पनौतीमा संचालन भैरहेको छ ।


तपाईको प्रतिक्रिया