काठमाडौँ । नेपाली फिल्मले विदेशमा पनि आफ्नो मोह बढाईरहेको छ । नेपालको बक्स अफिसमा ऐतिहाँसिक रेर्कड कायम गरेको फिल्म छक्का पञ्जा ३ आजबाट जापानमा पनि प्रर्दशन हुने भएको छ । करिव ४ दर्जन कलाकारको साथमा सुर्य इन्टरनेशनल एवार्ड सम्पन्न गरेको सुर्य कर्पोरेसन लिमिटेडले यस फिल्मको जापान राईट्स लिएको हो । फिल्मको पहिलो सो आज साँझ ६ बजे टोकियोको मेगुरो कुमिन सेन्टरमा हुने भएको छ ।

फिल्म जापानको १५ बढि शहरहरुमा प्रदर्शन हुने भएको छ । फिल्म आज १८ नोभेम्बरमा टोकियो, ५ डिसेम्बरमा ओकिनावा, ८ डिसेम्बरमा फुकुओका, १३ डिसेम्बरमा चिबा, १६ डिसेम्बरमा तोचिगि र २० डिसेम्बरमा ओशाकामा प्रर्दशन हुदैँछ । फिल्मको टिकटदर एडभान्समा २,००० र डोरमा ३,००० राखिएको छ । फिल्मले अमेरिकामा पनि उच्च शो हाँसिल गरेको थियो ।

फिल्ममा दिपाश्री निरौलाको निर्देशन, दिपराज गिरीको कथा, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र यमक श्रेष्ठको संवाद, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द, र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । फिल्ममा निर्माताका रुपमा सुमन गिरी भन्जा, किरण केसी, शिवहरी पौडेल, पुरुषोतम प्रधान, तारा चन्द्र बजगाई, दिपेन्द्र खनिया र केशव न्यौपाने रहेका छन् भने यस्तै कार्यकारी निर्मातामा जितु नेपाल र केदार घिमिरे रहेका छन् ।

फिल्ममा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, शिशिर राणा, शिशिर बाग्देल, शारदा गिरी, प्रियंका कार्की, दिपीका प्रसाँइ, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


तपाईको प्रतिक्रिया