गाईघा । उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको उनकै साथीहरुबाट बलात्कार र हत्या गरेको आरोपितले  प्रारम्भिक वयानमा स्विकार गरेका छन् । प्रहरीले घटनामा संम्लग्न स्थानीय १५ र १७ वर्षीय बालकको नाम गोप्य राखी सार्वजनिक गरेको हो ।

बलालिकाका हत्या आरोपित उनीसँगै पढ्ने साथी हुन्। उनीहरु रौतामाई गाउँपालिका( ३ लाफागाउँस्थित जनता माध्यामिक विद्यालय रसुवा लाफागाउँका कक्षा ९ मा पढ्थे। बन्दुक लिएर सिकार खेल्न निस्केका आरोपितद्वयले बालिका एक्लै बाख्रा चराएको देखेपछि बलात्कारको योजना बनाएको स्वीकार गरेका छन्। बलात्कारका लागि बालिका नमानेपछि घाटीमा थिच्यौं। बेहोस भए जस्तो लाग्यो, बेहोस्स् भएको वा मरेको भन्नेकुरा हमीलाई थाहा भएन।’ आरोपितले बालिका बेहोस् भएपछि बलात्कार गरेको स्वीकार गरेसँँगै प्रहरीले मृत्युपछि बलात्कार गरेको आशंका गरेको हो। यो विषय पुष्टि भने भइसकेको छैन।

घटना भएको छ दिनपछि प्रहरीले प्रारम्भिक अनुसन्धान पूरा गरी आरोपित सार्वजानिक गरेको हो। उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले जटिल प्रकृतिको घटना भएकाले अपराधी सार्वजनिक गर्न समय लागेको बताउनुभयो । प्रहरीले घटना भएको दोस्रो दिन नै अपराधि पत्ता लगाए पनि पेस्टमार्टम रिपोर्ट सार्वजनिक नभएकाले समय लागेको बताएको छ ।

घटना लगत्तै प्रदेश प्रहरी कार्यालयबाट आएको अनुसन्धान टोली, तालिम प्राप्त कुकुरको सहायतामा प्रहरीले दोषी पत्ता लगाएको हो। अनुसन्धान टोलीको नेतृत्व डीएसपी अर्जुन रानाभाटले गर्नुभएको थियो ।  मृतक बालिका र आरोपित पनि बालक नै भएकाले घटना संवेदनशीलभन्दै घटनाको उपनाम अर्थात सांकेतिक शब्दबाट नाम, ठेगाना राखी कारवाही प्रकृया अघि बढाएको प्रहरीकोे भनाइ छ।

गत शनिबार साँझ बालिकाको हत्या भएको थियो। उनको शव भने आइतबार दिउँसो साढे १२ बजे भेटिएको थियो। स्थानीयले खबर गरेपछि सात घण्टा पैदल हिँडेर प्रहरी टोली घटनास्थलमा पुगेको थियो। आरोपितको वयानबाट हत्यापछि बलात्कार गरेको खुलेको डीएसपी रानाभाटको भनाइ छ। यद्यपी घटनाको पुष्टि भने अझै भइनसकेको रानाभाटले बताए। ‘प्रारम्भिक बयानबाट यस्तो खुले पनि हामी अनुसन्धानकै क्रममा छौँ।’

पत्रकार सम्मेलनमा पुगेका मृतक बालिकाका बुबा दुर्गाबहादुर खड्काले अपराधिलाई हदैसम्म सजाय दिनुपर्ने माग गरेका छन।


तपाईको प्रतिक्रिया