काठमाडौ । विदेशी ब्रान्डको नाममा नक्कली सामग्री उत्पादन गरेर ठगी गर्दै आएको एक कम्पनीमा प्रहरीले छापा मारेको छ ।

बहुराष्ट्रिय कम्पनी प्रोक्टर एन्ड ग्याम्बलको उत्पादन हेड एन्ड सोल्जर लगायतका सामग्री उत्पादन गर्ने नक्कली कम्पनीमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलवार छापा मारेको हो ।

पहरीले छापा मार्ने क्रममा  नक्कली कस्मेटिक ब्रान्डका सामाग्री फेला परेपछि कम्पनी संचालकलाई गिरफ्तार गरेको छ । महानगरीय प्रहरी परिसरका एसएसपी वसन्त लामाका अनुशार विभिन्न ब्रान्डको नाममा नक्कली सामाग्री फेला परेपछि थप अनुसन्धानका लागि कम्पनी संचालक श्रीमान श्रीमती दुवैलाई नियन्त्रणमा लिइएको  हो ।

 

श्रीमान श्रीमती मिलेर विदेशी ब्रान्डका बस्तु उत्पादन गर्ने गरेको भेटियो, श्रीमान श्रीमती दुवैलाई नियन्त्रणमा लिएको हो। उनीहरुले बिएमसी मसलाको नाममा समेत मसला उत्पादन गर्ने गरेको देखिएको छ, एसपी लामाले बताए  ।

ज्योति सोप एण्ड केमिकल प्रालि नाममा नक्कली सामान उत्पादन गर्ने गरेको भेटिएपछि प्रहरीले संचालकसहित अन्य दुई जनालाई पक्राउ गरेको छ।

बासुप्रसाद विडारी र उनकी श्रीमती ज्योति विडारी लगायत अन्य दुई जना कामदारलाई नियन्त्रणमा लिएको परिसरका एसएसपी वसन्त लामाले जानकारी दिए।

‘करिव डेढ वर्षदेखि विडारी दम्पतीले आफ्नै घरमा नक्कली सामाग्री उत्पादन गरेको देखियो,’ अनुसन्धान खटिएको डिएसपी होविन्द्र बोगटीले भने। उनका अनुसार उनीहरुले आफ्नो घरमा विदेशी ब्रान्डका बस्तु उत्पादन गर्दै आएका थिए। प्रहरीले ती सामाग्री उपत्पादन गर्न प्रयोग हुने गरेको एक करोड रुपैयाँभन्दा बढी मूल्यको मेसिन तथा उपकरण पनि बरामद गरेको छ। त्यस्तै ५० लाख भन्दा बढीको तयारी सामाग्री पनि बरामद गरेको छ।

यसरी उत्पादन गरेको बस्तु उनीहरुले राजधानी बाहिरका विभिन्न गाँउमा बिक्री गर्ने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ।