मण्डनदेउपुर, जैसिथोक । काभ्रेको कोशीपारिको सापिङवाट १० बर्षअघि जिल्लाको जैसिथोक मण्डन हालको मण्डन देउपुर नगरपालिका वडा नं ११ मा हजुरबुबा हजुरआमासँग बसाई सरेका गोकुल दर्जीको उमेर भर्खरै १७ बर्ष भयो ।

२०५८ साल मंसिर १ गते जन्मिएका उनी यतीबेला शरिरका दुईओटा मृगौला फेलभएपछि भारतको लिभिङ होप चाईल्ड होम फाउण्डेशन बैक्लोरमा उपचार गराईरहेका छन् । तीन महिनाअघि मृगौलामा समस्या देखिएपछि घर परिवार मिलेर उनको ११ लाख ५० हजार खर्चिएर धुलिखेल अस्पतालमा उपचार गराए । लुगा सिलाउने पेशावाट उनको परिवार पाल्ननै मुस्किल थियो । त्यसमाथि घरमा अब कमाउला भन्ने आशा भएको छोरानै मृगौला फेल भएपछि उनका बुबा नकुल दर्जी नियमित काम समेत गर्न सकेका छैनन् ।

मैले के गर्न सक्थे र ? भाई सरकारी सेवामा भएकै कारणले १० लाखसम्म खर्च जुटायो अब जुटाउने आशानै नभएपछि उनको परिवार सहयोगीको खोजीमा भौतारिएको छ । छोराको खर्च गर्न ४२ लाख भारतीय रुपैयाको आवश्यकता पर्छ छोरो भारतको बैक्लौरको अस्पतालमा छडपटिएको हेर्ने बाहेक केही विकल्प छैन उनका बुबा नकुल दर्जीले बताए ।

मान्छे भएर जन्मनु तर गरिब भएर कहिल्यै पनि जन्मनु नपरोस् भनेर नकुल दर्जी पटक पटक भगवानसँग गुहारी रहेका छन् । सुरुमा धुलिखेल सामुदायिक अस्पतालमा उपचार गर्दा अस्पतालले मृगौलाको छेउमा राख्नै नपर्ने पाईप राखेपछि उनलाई बारम्बार ईन्फेक्सन भैरहेकाले समयमै उपचारमा समस्या आएको बिरामीका काका राजकुमार पराजुली दर्जीले बताए । सुरुमा सकेसम्म कसैलाई दुख दिनु हुन्न भन्ने सोचेर साथीभाई ईष्टमित्रसँग सहयोग मागेको तर अब कम्तिमा पनि भजितोको उपचारका लागि ६० लाख नेपाली रुपैया आवश्यक पर्ने भएकाले सहयोगीको खोजीमा भौतारिएको बताए ।

‘माग्ने ठाँउमा मागिसकियो अब सहयोगीको विकल्प बाहेक केही पनि रहेन’ उनले दुख पोख्दै भने । भतिजो बिरामी भएपछि उनले केही समय आफैले खर्च गरेको र खर्च थेग्न नसकेपछि बाँध्य भएर सामाजिक संञ्जालमा मृगौला फेल भएको जानकारी गराएका थिए । उनले सामाजिक संञ्जालमा डा.पावल शर्माको सिफारिसमा बैङ्लोरमा उपचार गराएको बताए । उनले भतिजो बाँच्ने आशामा भारतमा लगेर उपचार गराएपनि आफूले सक्ने अवस्थानै नरहेको बताउँदै एउटा दलितको कोखमा जन्मिएको १७ बर्षको किशोरलाई जोगाउन अनुरोध गरे । अस्पतालको बेडवाटै बिरामी किशोर दर्जीले आफूलाई बचाउन अपिल गरेका छन् ।

मेरो परिवारको आर्थिक अवस्थाले म बाँच्न सक्दिन । मेरो दुबै मृगौला काम नलाग्ने गरि फेल भैसकेको र केही दिनमा अप्रेशन नभए म बाँच्ननै सक्दिन त्यसैले तपाईहरुको सानो सहयोगले मेरो प्राण रक्षा हुने थियो । उनलाई सहयोग गर्न चाहने दाताहरुले उनको काका राजकुमार पराजुलीको राष्ट्रिय बाणिज्य बैंक सिंहदरवार शाखाको खाता नं ११३००५१३०७१० वा उनको परिवारले गोकुल दर्जी जोगाउ अभियान अन्तरगत मण्डन देउपुर नपा –११ मा रहेको पंञ्चामृत साकोसमा रकम जम्मा गरेर सहयोग पु¥याउन सबैमा अनुरोध गरेका छन् ।


तपाईको प्रतिक्रिया