काभ्रेपलाचोव्क । मोडल तथा नायिका रेजिना भण्डारी छोटो समयमै चर्चामा आउन सफल मोडल तथा नायिकाहरु मध्ये पर्नुहुन्छ । नयाँ नयाँ ठाउँहरु घुम्न, नयाँ मान्छेहरु भेट्न, डान्स गर्न मन पराउने मोडल तथा नायिका भण्डारी आज भोलि निकै ब्यस्त देखिनु हुन्छ । उहाको जन्म  सिन्धुपाल्चोक जिल्लामा भएको थियो । मोडल तथा नायिका रेजिना भण्डारी सँग बेथानचोक खबर डटकमको सहकर्मीले गरेको छोटो कुराकानी :

0 आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?

–  फिल्ममा पनि काम गरिएको छु साथ साथै आज भोलि म्युजिक भिडियोमा पनि अलि ब्यस्त छु ।

 

० अहिलेसम्म कति म्युजिक भिडियो वटा खेल्नु भयो ?

– फिल्ममा पनि काम गर्दै गरेकोले धेरै खेल्न पाएको छैन, अहिलेसम्म दुई वटामा खेलेको छु अहिले नयाँ म्युजिक भिडियो आउने क्रममा छ ।

 

० कस्तो खालको गीतमा बढी खेल रुचाउनु हुन्छ  ?

– मलाई सबै खालको मन पर्छ यो त्यो भन्नी हुन्न सबै राम्रो नै लाग्छ सबै गितमा खेल्ने गरेको छु ।

 

० मोडलीङ क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?

– सन्तुष्ट नै भएको कारणले लागी रहेको छु । सन्तुष्ट नभएको भए निरन्तरता दिने थिइन ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?

– दर्सक श्रोताको हातमा छ , सबै दर्सक श्रोताको माया र साथ पाइयो भने अबस्यनै बाँच्न सकिन्छ ।

 

० कसको प्रेरणाबाट यस्  क्षेत्रमा लाग्नुभयो ?

– मलाई सानै देखी डान्स गर्न , नक्कल गर्ने मन पर्ने भएको कारण म आफै यस क्षेत्रमा लागेको हु

 

० कस्तो नायिका तथा मोडल बन्न मन छ ?

– मलाई सबै दर्सकले मन पराउने र दर्सक श्रोताकोहरुको मन मुटु बाट कहिलै नहट्ने खालको लोक प्रिय बन्न मन छ ।

 

० तपाईंले चलचित्रमा खेल्नु भएको छ ? कति वटा चलचित्रमा खेल्नु भएको छ  ?

– खेलेको छु , मैले अहिले सम्म तीन चार वटा चलचित्रमा खेलेको छु ।

 

 ० ठुलो पर्दामा काम गर्न सजिलो कि सानो पर्दामा  ?

– काम दुबैमा उस्तै हो, मेहनत दुबैमा गर्नु पर्छ । मलाई दुबैमा सजिलो नै लाग्छ तर सानो पर्दामा केही सहज हुन्छ ।

 

० तपाईंले मोडलिङ गरेको सबै भन्दा चर्चाको गित कुन हो ?

– एक बर्ष अगाडि भोजपुरी फिल्म दिलवाको ओठ लालि से रोटी बोरके गित धेरै चर्चा आएको थियोे ।

० मोडलीङ क्षेत्र आएको बिकृति लाई कसरी लिनु भएको छ ?

– मलाई त्यस्तो केहि लाग्दैन आफ्नो कामलाई जसरी देखाए पनि हुन्छ ।

 

० नायिका तथा मोडलहरुले अहिले पछीले समय अङ्ग प्रदर्सन गरेर चर्चा कमाएका छ्न ? के चर्चामा आउन अङ्ग प्रदर्सन नै गर्नु पर्ने हो ?

– यो कुरा म मान्दिन चर्चामा आउन अङ्ग प्रदर्सन गर्नु पर्छ भन्ने छैन ।

 

० अन्तमा ?

– माया गर्नु हुने सबै दर्सक श्रोताकोहरु लाई छठ पर्वको शुभकामना मेरो नयाँ म्युजिक भिडियो आउदै छ हेरेर माया गर्नु होला भन्न चाहान्छु साथै तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद ।


तपाईको प्रतिक्रिया