(दिनेश घिमिरे) काभे्रपलाञ्चोक  प्रदेश तीनको स्थायी राजधानी कहाँ  र नाम के राख्ने भन्ने विषयमा सत्तरुढदल नेपाल कम्यूनिष्ट पार्टी नेकपाभीत्र छिट् टुङ्रयाउने विषयमा छलफल भइरहेको बताइन्छ ।

त्यसोत स्रोत साधन र प्रतिनिधित्वको हिसावले सबैभन्दा ठूलो प्रदेशको नाम र राजधानी तोक्न सत्तारुढदल भित्रै दुई तिहाई बहुमत समेत छ । प्रदेश ३ को राजधानी र नाम टुंगो लगाएर मात्र प्रदेशसभा बैठक बोलाउने सरकारको तयारी  छ । प्रदेश ३ को प्रदेशसभामा राजधानीका लागि सम्भावित पाँच जिल्लाको नाम प्रस्ताव गरिएको छ । प्रदेशको नाम भने प्रस्तुत भएको छैन ।

देशको राजधानी समेत रहेको यो प्रदेशको नाम र राजधानीको टुंगो नेकपाको शीर्ष नेतृत्वबाटै लगाइने तयारी छ । प्रदेश राजधानी काभ्रेपलान्चोक वा भक्तपुर कायम गर्ने पक्षमा नेकपा भित्र बहुमत सदस्यको लबिङ रहेको स्रोतको दावी छ  । तिहारअघि नेकपाका प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य, सहइञ्चार्ज हितबहादुर तामाङ, अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेलले दुवै अध्यक्षलाई सामूहिक रुपमा भेटी  ईञ्चार्ज तथा प्रदेशसभा सदस्य शाक्यले राजधानी काभ्रे कायम गर्नुपर्ने धारणा राख्नुभएको बताईन्छ ।

त्यसोत प्रदेश ३ को ११० सदस्यीय प्रदेशसभामा काठमाडौं उपत्यकाबाट निर्वाचित सदस्यहरुनै लगभग बहुमतमा छन् । प्रत्यक्ष निर्वाचित ६६ मध्ये ३३ जना उपत्यकाबाट निर्वाचित छन् । समानुपातिक समेत जोड्दा उनीहरुको बाहुल्य छ । त्यसबाहेक सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट र धादिङको मत पनि हेटौंडा हुनु हुँदैन भन्नेछ ।

प्रदेशसभामा सम्भावित राजधानीका लागि काभ्रे, भक्तपुर, नुवाकोट, हेटौंडा र चितवनको नाम प्रस्ताव गरिएको छ । तर अहिले नेकपाभित्र हेटौंडा कि काभ्रे भन्ने बहसले तिव्रता पाइरहेको छ । राजधानीको निर्णय नेकपाको केन्द्रबाटै हुने प्रमुख प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाल बताउनुहुन्छ । ‘हामी अबको प्रदेशसभा बैठकअघि नै नाम र राजधानीको टुंगो लगाउने गरि पार्टीमा छलफल गरिरहेका छौं । मूल पार्टीको निर्णयमै सबै संसदीय अंगहरु चल्ने हुन् । त्यसैले पार्टीले निर्णय गरेपछि प्रदेशसभाबाट बैधानिक प्रक्रियाबाटै प्रदेशको राजधानी र नामको टुंगो लगाउँछौं ।’फुयालको भनाईछ  ।

नेकपा स्रोतका अनुसार नाम र राजधानीको टुंगो सचिवालय वा स्थायी कमिटी बैठकबाटै लगाइनेछ । राजधानी हेटौंडा राख्ने वा अन्यत्र लैजाने भन्ने निर्णयको दीर्घकालीन असरबारे विचार गरिने र त्यसको जिम्मेवारी पार्टीले लिनुपर्ने भएकाले कम्तिमा स्थायी कमिटी तहमा छलफल हुनुपर्ने नेताहरको धारणा छ ।

प्रदेशसभामा मतदान हुँदा दुई तिहाइ मत काभ्रेको पक्षमा जाने अवस्था छ । काभ्रेका प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, चन्द्र लामा, रत्न ढकाल र बसुन्धरा हुमागाईले लिखित रुपमा काभ्रेको माग गर्नुभएको छ  । संघीय सरकारका सूचना तथा सन्चारमन्त्री गोकुल बास्कोटाको लबिङ शीर्ष तहमै पुगेको छ । धुलिखेल वा बनेपा हुँदा सबैलाई पायक पर्ने भन्दै अन्य जिल्लाका सांसदको समेत जोड  काभ्रेमै छ ।


तपाईको प्रतिक्रिया