धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो बिगारेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने एक जनालाइ जिल्ला प्रहरी कार्यलय काभ्रेले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा मण्डनदेउपुर नगरपालिका-५ गौरिबिसौना देउपुर घर भएका १७ बर्षका कृष्ण ढकाल रहेका छन् । उनी देउपुरकै तपेश्वर उच्च मा विमा कक्षा १२ मा अध्ययनरत छन् ।

ढकाललाई आज दिउँसो पक्राउ गरी धुलिखेल ल्याएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रबिराज खड्काले बताएका छन्  ।


तपाईको प्रतिक्रिया