काभ्रे । यम पञ्चक अर्थात हिन्दु नेपाली नेपालीहरुको दोस्रो ठुलो चाड तिहार मानिन्छ । तिहार विशेष गरि हिन्दु धर्मावलम्बिहरुले पांच दिन मनाउने गर्छन ।

यसमा काग, कुकुर, गाई, गोरु र भाई टिका बनाउने चलन छ । चार जात छत्तिस वर्णको साझा फुलवारीको रुपमा संगालिको नेपालमा म्ह पुजा नेवार समुदायमा यसै तिहारको समयमा मनाउने प्रचलन छ । तिहारमा पुजा आजा गरिने पांच प्रकारको पुजाको हिन्दु शाश्त्रमा रहेको किम्बदन्ति छुटै छ । समयको क्रम संगै हिन्दु अधिराज्यमा मनाईने तिहारलाई पछिल्लो चरणमा दिपावली, दिवाली तथा झिलिमिलि पर्वको रुपमा विकास भएको छ ।

यस पर्वमा विशेष गरी दिप प्रज्वलनको लागी परम्परागत रुपमा प्रयोग गरिने पाला लाई बिधुतिय सामग्रीले लगभग विस्थापनको अवस्थामा पुयाएको छ । यस अवस्यामा पाला बनाउने समुदायको व्यसाय धरापत छदै छ । यसरी विस्थापनको क्रममा निरन्तरता पाउने हो भने नेपाली हरुले उपयोग गर्ने तिहारको झिलिमिm बत्ति सहित समयक्रममा बजारमा आउने बिधुतिय सामग्री मार्फत आर्थिक व्यभार बैदेशिक रुपमा भित्राईरहेको छौ ।

यसक्रममा देशको सम्बृद्धिको सपनामा प्रत्यक नागरीकले सरकारलाई औला ठडाउनुको तुक छैन । यस कारण पनि आर्थिक क्रान्ति र सम्बृद्ध नेपाल बनाउने हो भने नेपालीले आफ्नो पन विर्सनु हुन्न । तिहार मनाउने क्रममा पाचै दिन फुलको निरन्तर प्रयोग हुन्छ प्रत्यक घरको ढोका, झ्याल, देखि पुजा कोठा र पुजा गर्ने हर प्राणिको लागी फुलको प्रयोग हुन्छ । यस गणितको संयाको आधारमा हेर्ने हो भने नेपालमा तिहारमा मात्र ३ करोड नेपालीको लागी पांच करोड पुष्प मालाको खपत हुन्छ । यस हिसावमा आर्थिक रुपमा रुपान्तरण गर्नेहो भने पछिल्लो बजार मुल्य अनुसार १ मालाको ६० रुपैया राख्दा पनि ६ अरव रुपैयाको पुष्प मालाको प्रयोग हुन्छ । कसरी परिपुर्ति हुन्छ त हिन्दु नेपालीहरुले प्रयोग गर्ने पुष्प माला विशेष गरेर आफ्नै खेतबारीमा रोप्ने र प्रयोग गर्ने प्रचलन रहेको छ । यस क्रममा ग्रामिण क्षेत्रमा जाने र हेर्ने हो भने प्रत्येक घरपरिवारमा ५० १०० बोट फुलको विरुवा मा फुल नफुलाउने कोहि पनि हुदैनन जस मार्फत स्थानिय रुपमा ग्रामिण भेगमा परिपुर्ति हुदै आएको छ ।

अझ ग्रामिण भेगमा कोहि कसैको एकाधमा फुल फुलेको छैन भने सहयोग गर्ने परम्पराको सस्कृति पनि निरन्तर चलिरहेको छ । यसकारण पनि ग्रामिण भेगमा प्रयोग भएको पुष्पको तथ्यांक पुष्प व्यवसायि संगठन फ्लोरिकल्चर एसोसियसन नेपाल संगै छैन र यस कार्यको लागी संगठन विस्तार भएको १५ वर्ष विति सक्दा पनि खासै संगठनले चासो दिएको छैन यस कार्यको लागी पनि चासो र तथ्यांक संकलन सहित आर्थिक तथ्यांक राख्ने हो भने ग्रामिण भेगका नेपालीले आर्थिक उपार्जन र संरक्षण गर्न पु¥याएको देनको मुल्यांकन रहन्छ । नेपालमा पुष्पको अवस्था नेपालमा पुष्प बजारको अवस्था हेर्ने हो भने शहरी क्षेत्रमा आयातमनै निर्भर रहेको छ । नेपालको शहर, काठमाडौं, पोखरा, विराटनगर जस्ता शहर केन्द्रित गरी तयारी पुष्प माला भारत बाट आयात गरिन्छ ।

पुष्प व्यवसायी संगठनको यस बर्षको माग पत्रको आधारमा ६ लाख माला आयात गरिएको छ । यस तथ्यांक मार्फत आर्थिक लेखा जोखा हेर्ने हो भने पुष्पव्यवसायबाटै जिल्लाले ४ करोड बराबरको नगद आर्जन गर्न सफल भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले पुष्प व्यवसाय गर्ने संगठन भएकोले यसले सस्था तथा व्यवसायिक खेति गर्ने किसानहरुका लागी विशेष ध्यान दिनुपर्ने देखिन्छ ।


कस्तो छ त काभ्रेमा पुष्प व्यवसायको अवस्था ?
पछिल्ला बर्षहरुमा काभ्रेमा व्यवसायिक रुपमा पुष्प खेति गर्ने किसानहरुको संख्याा बढिरहेको छ । यस क्रममा काभ्रेको रोशी गाउपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, धुलिखेल नगरपालिका, पांचखाल नगरपालिका, र भुम्लु गाउपालिकामा व्यवसायिक पुष्प खेति गर्ने किसानहरु बढ्दै गएका छन् ।

काभ्रेमा व्यवसायिक खेति गर्ने किसान बढेपनि काभ्रेको उत्पादनले खासै बजार धानि रहेको भने देखिदैन । तर पनि काभ्रेको अधिकांश भुभाग ग्रामिण क्षेत्र भएको कारण धेरै जसो नागरीकले आफुलाई प्रयोग गर्नको लागी र केहि किसानले मौसमित तथा धार्मिक समयलाई लक्षित गरि गरिएको फुलको कारण काभ्रेमा तिहारको लागी फुल गर्न आयात गर्न भने नपर्ने अवस्था छ ।

अझ काभ्रेमा उत्पादित फुलले राजधानी काठमाडौंको बजारमा समेत स्थान पाउने गरेको छ । तिहारको लागी २ लाख संख्यामा पुष्प माला निर्यात गर्न काभ्रे सफल छ । काभ्रेमा तिहार लक्षित मौसमि तथा धार्मिक समय लक्षित गरि गरिएको पुष्पखेतिमार्फत तिहारमा मात्रै १ करोड नगद आम्दानि भईरहेको छ ।

फ्लोरिकल्चर यसोसिएसन नेपाल काभ्रे शाखाका अनुशार काभ्रेमा तिहार लक्षित पुलको उपयोगता विषयमा काभ्रेको किसानलाई जागृत गरी उत्पादन गरिएको रैथाने फुललाई े व्यवस्थित बजार मिलाई काठमाडौ. उपत्यका भित्र निर्यात गर्ने हो भने भारत बाट आयात गर्ने पुष्पको मात्रा घटाउन सकिन्छ । तर यस कार्यको लागी किसान र फ्लोरिकल्चर यसोसिएसन नेपाल काभ्रे शाखाका विचनै समन्वय र सहकार्य साथ काठमाडौंको बिक्रेतासंग बजारीकरण गर्ने हो भने काभ्रेको किसानको तिहार लक्षित आम्दानिमा मात्रैपनि बृद्धि गर्न सकिन्छ ।

जसमार्फत काठमाडौं उपत्यकाको मागमा सहजता र मुल्यमा पनि सरलिकृत हुदा नागरिकमा पर्ने व्ययभार घट्ने देखिन्छ । काभ्रेको पुष्प निर्यातको लागि संगठनको भुमिका तथा सञ्चारको सकृय समन्वय र व्यवस्थित संकलन प्रणली गर्ने हो भने काभ्रेको पुष्प काठमाडौं उपत्यकामा निर्यात गरि आर्थिक उपार्जन गर्न कठिन हुदैन भन्नुुहुन्छ फ्लोरिकल्चर यसोसिएसन नेपाल काभ्रे शाखाका उपाध्यक्ष भेषबहादुर दनुवार ।

समस्या र चुनौति के हुन :
काभ्रेमा उत्पादन भएको रैथाने जातको पुष्प नरम पत्र भएको हुन्छ । निर्यात गर्ने समयमा प्याकिं उपयुक्त रुपमा नगरिने हुदा फुलको पत्र खुम्चने समस्याको कारण पनि बजारी करणमा समस्या हुन्छ । साथै रैथाने जातको फु किसानले लगाउदा धार्मिक रुपमा पात्रो र विरुवा रोपणको तालमेल नमिल्दा समयमा नफुल्नेत तथा ढिलो फुल्ने हुदापनि पुष्पबजार साचे अनुरुप किसानले धेरै फाईदा लिन नसक्ने हुन्छन ।
समग्रक मौसमि खेति गर्ने किसान र संगठित सस्थाको विच पनि समन्वय नहुदा सहजरुपमा वाजरी करण गर्न नसकिरहेको अवस्था छ । यदि समन्वय सहकार्य गर्ने होभने पुष्प पसलबाटनै किसानले उत्पादन गरेको फुल बजारी करण गर्न सकन्छ ।

समग्रमा तिहारको लागी फुल उत्पादन र प्रयोगको लागी काभ्रे जिल्ला आत्मनिर्भर भने काठमाडौं निर्यात गर्न पनि सफल छ यस कार्यको लागी किसान, पुष्प व्यवसयि संगठन र स्थानिय सरकारविच सहकार्य र समन्वय गर्ने हो भने अझ प्रभावकारी रुपमा किसानको मनोवल बृद्धि गरी व्यवसयिक खेति तर्फ उन्मुख गर्न सकिन्छ ।


तपाईको प्रतिक्रिया