नमोबुद्ध : तिहार आएसँगै जुवातास खेल्ने विरुद्ध काभ्रे प्रहरी आक्रमक देखिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेले जिल्लाको नमोबुद्ध नगरपालिका–९ फेदीवाट १ लाख ६६ हजार नगद सहित ११ जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जितापसिंह तामाङको घरमा जुवाको खाल बसेको सुचनाका आधारमा ११ जनालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार घर धनी जितापसिंह तामाङ, पाँचखालका सोम तामाङ, नमोबुद्ध १० का सुकमान तामाङ, तेजबहादुर तामाङ,सुकमान लामा, प्रकाश श्रेष्ठ, पद्म लामा, राजु लामा,विनोद लामा, चन्द्र लामा र कृष्णबहादुर अधिकारीलाइ आइतबार विहान जुवाको खालबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काका पक्राउ परेका ११ जनालाइ जुवा ऐन अन्तर्गत मुद्दा चलाइने जानकारी दिए ।


तपाईको प्रतिक्रिया