काभ्रे : कोशीपारिमा केही बर्षअघि भएको भयाभय सवारी दुर्घटनाकै झझल्को हुने प्रकृतीको दुर्घटना घटेको छ । सात जना सवार ट्रक दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना गम्भिर घाइते भएका छन् ।

काभ्रेको चौरीदेउराली गाँउपालिका–८ मानपुरे डाँडामा भएको सवारी दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएका छन् ।

चौरीदेउराली गाँउपालिका वडा नं ८ स्थित मानपुरे डाँडामा ट्रक दुर्घटना हँदा २ जना मृत्य भएको छ भने तीन जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रे जनाएको छ ।

मृत्यु हुनेमा भुम्लु गापा वडा नं ६ बस्ने वर्ष २९ का सरोज पहरी र वर्ष १९ का सुमन पहरी रहेका छन् । दुईजनाकै उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भिर घाईते भएका ३ जनाएको धुलिखेल सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शनिबार राती ९ बजे ना १ क ९५२४ नं को खाली ट्रक सडक देखि१ सय फिट तल खसी दुघर्टना भएको थियो । ट्रकमा ७ जना सवार थिए ।


तपाईको प्रतिक्रिया