धुलिखेल । काभ्रेको पनौती नगरपालिका–४ ऐरी गाउँ बस्ने ६४ वर्षका रुद्रबहादुर तामाङलाई चार केजी ९९५ ग्राम गाँजासहित जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ ।

प्रहरीको टोलीले तामाङको घरमा बुधबार राति खानतलासी गर्दा कोठाभित्र टाङ बनाई धोक्रोभित्र बेरी राखेको अवस्थामा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो ।

उहाँले तामाङको घरटहरामा अवैध रूपमा गाँजा सेवन तथा बिक्री वितरण भइरहेको छ भन्ने सूचनाका आधारमा खानतलासी गरिएको गिरीले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया