किरण बिवाहीत, सिन्धुपाल्चोक : चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले कोदारी राजमार्गको पुनर्निर्माण सुरु गेको छ । लार्चास्थित सुक्खा बन्दरगाहको पुनर्निर्माण सकेपछि सडक निर्माण सुरु गरेको हो । २०७२ सालको भूकम्पले क्षति पु¥याएको सुक्खा बन्दरगाहको पुनर्निर्माणमा आएको चिनियाँ टोलीले नै सडक मर्मतको काम सुरु गरेको भोटेकोसी गाउँपालिका–२ का अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले बताउनुभएको छ ।

२ वर्षदेखि पुनर्निर्माणमा खटिएको चिनियाँ ठेकेदार ताउ नेतृत्वको टोलीले नेपाली मजदुरलाई काममा लगाइरहेको श्रेष्ठले जानकारी दिनुभयो । उहांका अनुसार भोटेकोसी बाढीले कटान गरेको ठाउँमा तारजाली लगाउने काम थालिएको छ । चिनियाँ ठेकेदारले नेपाली ठेकेदारको दुई स्काभेटर भाडामा लिएर इको रिसोर्टबाट काम थालेका छन् ।

कच्ची सडकमार्गले मितेरीपुल जोडेपछि बाह्रबिसेको जुरे पहिरोबाट सडक फराकिलो पार्ने योजना रहेको छ । तातोपानीसम्म कच्ची सडकले जोडिएको भए पनि बर्षयाममा आएको पहिरोले दर्जनौँ ठाउँमा क्षति पु¥याएका कारण पुनर्निर्माणविना ठूला सवारीसाधन चल्न नसक्ने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।


तपाईको प्रतिक्रिया