धुलिखेल : काभ्रेको धुलिखेल नगरपालिका–११ डाँडाँगाउँमा रहेको श्री कालिदेवी माध्यमिक विद्यालयको नवनिर्मित चार कोठे पक्की भवन हस्तान्तरण गरिएको छ ।

एल्सराईन जापानको आर्थिक सहयोगमा निर्माण गरिएको भवनको एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । एल्सराईन जापानको ४० लाख तथा धुलिखेल नगरपालिकाको ४ लाख ५१ हजार गरि कूल ४४ लाख ५१ हजारको लागतमा निर्माण भएको भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

प्रदेश सांसद चन्द्र लामा, चौतारी जापानका अध्यक्ष इचुको यामागुची र एल्सराइन जापानकी प्रतिनिधि तोसिको ताकासेले संयुक्त रुपमा विद्यालय भवनको हस्तान्तरण गरेका थिए । २०७४ मंसिरबाट निर्माण सुरु गरिएको विद्यालय भवन हालैमात्रै सम्पन्न भएको थियो ।

विद्यालय हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद चन्द्र लामा, वडा अध्यक्ष विष्णु धिताल, विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद सत्याल लगायतले भवन निर्माणपछि विद्यार्थीहरुलाई पठनपाठका लागि सहज हुने भएकाले सहयोगका लागि एल्सराईन जापान, चौतारी जापान, धुलिखेल नगरपालिका साथै सहयोगी सबैलाइ धन्यबाद ब्यक्त गर्नुभएको थियो ।

उद्धब तिमल्सिनाद्धारा सञ्चालित भवन हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।


तपाईको प्रतिक्रिया