धुलिखेल : काभ्रेको मन्डनदेउपुर नगरपालिका–५ मा रहेकाे ढकालथोकमा आज शनिबार बा ३ च २८७ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मण्डनदेउपुर-४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले जानकारी दिनुभयो ।

पराजुली काभ्रेमा रहेर पत्रकारिता गर्दै आएका थिए । घाइते ४ जना लाई एम्बुलेन्समा राखेर धुलिखेल अस्पताल पठाइएको छ ।

थप विवरण आउन बाँकी


तपाईको प्रतिक्रिया