काठमाडौँ – गायक सुरज मानन्धरको स्वरमा रहेको नयाँ गीत “पिडा भयो रक्सि छुट्दा” बोलको गीत साबजनिक गरिएको छ । गीतकार आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ ।

गीतले मायामा धोका पाएको एउटा प्रेमीको पिडालाई व्यक्त गरेको छ गायक मानन्धर भन्छन यो गीत अहिलेको प्रेम जोडी र आजकल नशा मोह र मायाप्रेमलार्इ व्यक्त गरेको छ । थोरै गीत मात्र गीत बनाउने तर स्तरीय बनाउने सोचमा रहेका गायक सुरजको यस अघि अरु दुइ वटा भिडियो पनि सार्बजनिक भई सकेका छन्। निकेश खड्काले निर्देशन गरेको भिडियोलाइ बुद्ध थापाले छायांकन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन् । अभिनेत्री प्रियंका कार्की र पुष्प खड्कालाइ फिचर गरिएको भिडियोलाइ सुबोल थापाले कोरियोग्राफी गरेका हुन् ।


तपाईको प्रतिक्रिया