सुर्खेत : सुर्खेततर्फ आउने क्रममा नमस्ते सुर्खेत यातायातको गाडी दुर्घटना हुदा २९ जना यात्रु घाइते भएका छन ।

बा ५ ख ६२०५ नम्बरको फोर्स ट्राभलर गाडी बिरेन्द्रनगर – १३, धर्मशाला मोडमा दुर्घटना हुदा २९ यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हरि बहादुर बि.सिले जानकारी दिएका छन् ।

घाइते यात्रुहरुको स्थानिय देउती अस्पताल र प्रदेश अस्पतालमा उपचार भैरहेको स्रोतले जनाएको छ ।


तपाईको प्रतिक्रिया