नवलपरासी : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर कायसम्पादन गर्न आफ्नो बिशेष जोड हुने बताउनुभएको छ ।

नवलपरासीको गैडाकोट १ स्थीत प्रहरी पोष्ट उद्घाटन गर्दे प्रहरी महानिरीक्षक खनालले यस्तो बताउनुभएको हो । प्रहरी महानिरीक्षक खनालले सबैले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिदैं जनताको पक्षमा काम गर्नुपर्नेमा समेत बताए ।

उहाले इमान्दारीपूर्वक काम गरे समाजले विश्वास गर्ने बताउँदै नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै उहाले अहिले चाडपर्वका बेला प्रहरीले मुलुकभरको सुरक्षा चुस्तदुरुस्त बनाएको भन्दै ढूक्क भएर चाडवाड बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले असई रमेश प्रसाद यादवलाई सम्मान गर्नुभएको थियो । उक्त प्रहरी पोष्ट मौलाकालिका मन्दिर धार्मिक सेवा समितिको व्यवस्थापन निर्माण भएको मन्दिरका प्रमुख सल्लाहकार ज्ञानेन्द्रविक्रम महतले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया