नेपालीहरुको महान चाँड विजया दशमी आउनै लाग्दा सबैलाई पर्वको चटारोले छोएको छ । असत्यमाथि सत्यको विजयको उत्सवमा मनाइने यस पर्वले साना ठूला सबैलाई छुने गर्दछ ।

आफन्तहरुको भेटघाट, पारिवारीक एवं आफन्तहरुका जमघट एवं ठूलाबडाबाट सानाहरुले आर्शिवाद लिने, टिका तथा जमारा लगाउने चलन यस पर्वको सामाजिक सम्बन्धको सशक्त पक्ष हो । मनोञ्जनका लागि टोलटोलमा हालिने लिङ्गे पिङ, रोटे पिङ जस्ता मनारोञ्जनका साधनले पनि यस पर्वलाई विशेष बनाउने गर्दछ । दशैंमा टाढाटाढाबाट आफन्त आउने मात्र नभई विदेश गएका एवं घर बाहिर काम गरिरहेकाहरु पनि आफ्ना कामकाजलाई थाती राखेर पारिवारिकरुपमा जमघट हुनु पनि यसपर्वको सुन्दर पक्ष हो ।

घटस्थापनादेखि घरघरमा राखिने जमरा र दैनिक हुने देवीदुर्गाको पुँजा एवं विभिन्न धार्मिक स्थलहरुमा हुने पुँजा आँजा यस पर्वका महत्वपूर्ण धार्मिक पाटोहरु हुन । हुनत पर्वका नाउँमा कतिपय विकृतिहरु पनि देखिने गरेका छन् । अनावश्यक फजुल खर्च गर्ने, जुवा तास तथा अध्याधिक मधिरा सेवन गर्नेहरु पनि समाजमा यदाकदा पाईन्छन् । हुनेखानेहरुले यस पर्वमा गरेको खर्चको देखासेखी गरी नहुने तथा कम आय आर्जन हुनेहरुले पनि अनावश्यक ऋणभार बोकेर समेत पर्वका नाउँमा खर्च गर्नुपर्ने बाध्यता समाजमा अझै देखिन्छ । यस्तो मान्यताबाट कतिपय कम आयआर्जनहुने परिवारहरु जोगिनुनै उत्तम हुन्छ । बर्षमा दुईचार दिन रमाइलो गर्दा बर्षभरी त्यसको व्यवभार बोक्नु कदापी राम्रो हुँदैन ।

अनावश्क खानपान र लत्ता कपडालाई गरिने खर्च कटौती गर्ने, देखासेखीमा दक्षिणा दिने गर्नु हुन्न । आफ्नो मिठो मसिनो जे छ खाने, आनावश्यक सामान र खानेकुराहरु नकिन्ने तथा अनावश्यक दक्षिणा नदिने गर्नु राम्रो हुन्छ ।

त्यसैगरी बढि चिल्लो तथा पिरो खानेकुरा खानबाट पनि हामी जोगिनु पर्छ । दशैंमा दिनदिनै खाने मासुलाई पनि हामी कटौती गर्न सक्छौ । यो बेला वासी एवं सडेगलेको मासु खानाले कतिपए मानिसहरु विरामी परेको समत सुनिन्छ । हामी यसबाट पनि जोगिनु राम्रो हुन्छ । बरु टोलमा वा समाजमा आलोपालो गरेर खसी, बोका काट्ने गर्नु वा बजारबाट दैनिक आवश्यक मात्रामा ताजा मासु किन्नु राम्रो हो । कतिपयले अर्काले बोका खसी सिंगो काटेको देखासेखीमा आफ्नो घरमा पनि त्यही गर्न खोज्नु राम्रो हुँदैन बरु अरुको दृखासेखी नगरी दैनिक ताजा मासु किनेर खाँदा परिवारको स्वास्थ्यलाई फाइदा पुग्छ भने आनावश्यक रोगबाट त बचिन्छ बपचन्छ ताजा र स्वाधिलो मासु खान पनि पाईन्छ । दशैं हाम्रो यूगौयुगदेखि मान्दै आएको सास्कृतिक पर्व भएकाले यसको महत्व धेरै नै छ ।

त्यही भएर नै यो पर्व पुस्तौ पुस्तादेखि मानिदै आइएको हो । भगवान रामले रावणलाई हराएको एवं दृवी दुर्गाले मंहिसासुर दानवलाई हराएको खुसीमा मनाउन सुरु गरिएको मानिएको यस पर्वलाई हामीले पनि उत्साहका साथ मनाउँनु पर्दछ तर दर्शै मनाउने नाउँमा गरिने अनावश्यक खर्च तथा खेलबाडबाट भने जो कोही जोगिनु पर्दछ । घाटी हेरर हाड लिन्ुनु भन्ने नेपाली उखान झै आफ्नो गच्छेअनुशार खर्च गर्ने र हरक्षणलाई आफ्नै तरिकाले मनरोञ्जन बनाउन प्रयत्न गर्नु पर्दछ । बढि खर्च गरेर रमाइलो हुने होइन भन्नेतिर सबै सचेत हुन जरुरी छ ।

विजया दशमीको पावन अवशरमा हामी हाम्रो सम्पूर्ण विज्ञापनदाता, पाठक, सुभचिन्तक एवं समस्थ नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यत्तः गर्न चाहान्छौ । दशैं दसा नबनोस्, सबैका घरघरमा सुख, शान्ति र सवृद्दिलेवास गरोस् यही शुभकामना ।


तपाईको प्रतिक्रिया