बनेपा । काभ्रेको बनेपामा रहेको रामभक्त मेमोरियल स्कूलमा कक्षा सातमा अध्ययनरत छात्रा सिचू मानन्धरले जिल्लाको मण्डन देउपुर नगरपालिका–८ ढोडिनीमा रहेको डेडिथुम्का माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा सविना बिकको अभिभावकत्व ग्रहण गरेकी थिईन् ।

सिचूको विद्यालय घटस्थापनादेखि बिदा हुँदै थियो तर उनको मनमा सविनाको बिदा कहिले होला भन्ने सोच्दै थिईन् । उनले गएको असारदेखि तीन हजार रुपैया खाजा खर्च जोगाएर राखेकी थिईन् । उनको उनको अभिभावकलाई जसरी भएपनि दशैंमा सविनालाई नयाँ लुगा, स्टेशनरी किनिदिने योजना सुनाएकी थिईन् ।

उनले घटस्थापनाको अघिल्लो दिन डेडिथुम्कामा पुगेर सविनालाई तीन हजार नगद, नयाँ लुगा र स्टेशनरी हस्तान्तरण गरिन । उनका बुबा नवराज मानन्धर र फुपु दिदी उषा मानन्धरसँगै पुगेर उनले सो रकमसँगै स्टेशनरी सामाग्री हस्तान्तरण गरेकी हुन् ।

त्यो दिन डेडिथुम्का माविमा दशैको शुभकामना तथा विद्यार्थीहरुलाई विद्यालय पोशाक हस्तान्तरण कार्यक्रम रहेछ । मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा तथा उपप्रमुख निर्मला शाहीको उपस्थितीमा पोशाक वितरण भएको रहेछ । सोही अवसरमा विद्यालयमा अध्ययरत अति विपन्न सविनालाई अभिभावकत्व ग्रहण गरेको भन्दै सिचू मानन्धरलाई सम्मान गरेको छ ।

अभिभावक हुन उमेरले मात्रै नभएर दायित्व बोक्न सक्नु आवश्यक रहेको प्रमुख अतिथी मेयर वाइवाले बताए । उनले कोही पनि बालबालिका स्कूल बाहिर रहने अवस्थाको अन्त्य गरिने उनले बताए । सिचूको कार्यवाट उनका अभिभावक समेत निक्कै खुसी छन् ।


तपाईको प्रतिक्रिया