महादेवस्थान । फरक सोच शैली र दृष्टिकोणवाट संचालित मण्डन देउपुर क्षेत्रकै उत्कृष्ट सहकारीको रुपमा परिचित श्री प्रतिभा बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा शनिवार संस्थाको प्राङ्गणमा सम्पन्न भएको छ ।

मण्डन देउपुर वडा नं ८ मा केन्द्रीय कार्यालय रहेको सहकारीले आफ्नो साधारण सभा हरेक बर्ष फरक ढंङ्गवाट संचालन गर्ने गरेको छ । सोही अनुरुप सहकारीले सहकारीका शेयर सदस्यहरु वडा नं ८ का अध्यक्ष झलकप्रसाद पौडेल र वडा नं १० का अध्यक्ष विष्णुमणी नेपालको विशिष्ट आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

सो अवसरमा सहकारीका जेष्ठ महिला सदस्य महामाया पौडेल तथा पुरुष जेष्ठ सदस्य शिव श्रेष्ठलाई सम्मान गरेको हो । सहकारीका अध्यक्ष हरिप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारीका प्रमुख सल्लाहकार सुरेन्द्रप्रसाद पौडेलले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यसमितिका सदस्य राजन पौडेलले संचालन गरेको साधारण सभामा उपाध्यक्ष उमेशप्रसाद पौडेलले स्वागत, कृष्ण पौडेलले प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष भोला पौडेलले आर्थिक प्रतिवेदन तथा लेखा समितिका संयोजक भरतप्रसाद पौडेलले लेखा प्रतिवेदन पेश गरेका थिए । सो अवसरमा उमादेवी दुग्ध उत्पादक सहकारीका अध्यक्ष विनोद पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा उत्कृष्ट बचतकर्ता ईश्वरी तिमल्सिना, उत्कृष्ट ऋणी नवराज चौलागाई र भिमकुमारी तामाङलाई सम्मान गरिएकोृ थियो । सहकारीले साधारण सभाको अवसरमा बाल बचतकर्ता प्रस्तुती अधिकारी तथा एसईई परिक्षामा उत्कृष्ट हुने विनिता नेपाल, जीवन चौलागाई, रितेश दियाल, मनिषा गौतम र संगिता दाहाललाई सम्मान समेत गरेका छन् ।


तपाईको प्रतिक्रिया