काठमाडौँ । नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम दोस्रो नेपाल आइडल अहिले अन्तिम अन्तिम चरणमा रहेको छ।

अहिले नेपाल आईडलमा प्रस्तोताहरू छानिएर जम्मा टप १० मा आइपुगेको छ। हिजो तिनै प्रतिस्पर्धीहरूले आफ्नो प्रस्तुती दिएका छन् आआफ्ना साथीसँग । भनौँ हिजोको एपिसोडमा प्रतिस्पर्धीहरूले दुई दुई जना गरी संयुक्त प्रस्तुती दिएका छन् । हिजो एलिमिनेसन राउण्ड पनि हो त्यसैले हिजो टप १० बाट जना प्रतिस्पर्धी बाहिरिएका छन्।

“नेपाल आईडल २” बाट हिजोको एलिमिनेसन राउण्डबाट गोल्डेन माइक विजेता मिनराज पौडेल टप ९ मा प्रवेश गर्नबाट चुकेका छन् र उनको नेपाल आइडलको यात्रा यही टुङ्गिएको छ ।

अघिल्लो एपिसोडमा उनको गला (स्वास्थ्य) खराब हुनुका कारण उनले आफ्नो प्रस्तुती दिनसकेका थिइनन् र सोही कारण होला कम भोटका कारण हिजोको राउण्डमा उनी एलिमिनेट भएका छन् । उनी एलिमिनेट हुँदा नेपाल आइडलको पूरा मञ्चमा रुवाबासी चलेको थियो हेर्नुहोस् भिडियो ।  


तपाईको प्रतिक्रिया