धुलिखेल÷सिन्धुली जिल्लाको सुनकोशी गाँउपालिकाको विपी राजमार्गको रिठ्ठे भिरमा भएको सवारी दुर्घटनामा बस चालकले मोटरसाईकल जोगाउन खोज्दा आफैं दुर्घटनामा परेको दुर्घटनाका घाईतेले बताएका छन् ।

‘हामी मरिन गाँउपालिकावाट काठमाण्डौं जान गाडी चढेका थियौं,रिठ्ठे भिरमा आएपछि गाडी पल्टियो’शुक्रवार सिन्धुलीको घटनामा घाईते भएका ३० बर्षका आशिष लामाले बताए । बसमा हामी सात जनामात्रै थियौ, सिन्धुलीको सुनकोशी गाँउपालिकाको रिठ्ठे भिरमा काठमाण्डौंवाट सिन्धुलीजाँदै गरेको मोटरसाईकल एक्कासी तिव्र गतीमा आएर बसलाई ठक्कर दिन खोजेपछि मोटरसाईकल जोगाउन खोज्दा बस पल्टिएको धुलिखेल सामुदायिक अस्पतालमा उपचार गराईरहेका लामाले बताए ।

दशैंको किनमेल गर्न काठमाण्डौं जादै गरेका पाँच जना यात्रु र बसमा चालक तथा सहचालकमात्रै रहेको लामाले बताए । ‘मोटरसाईकल जोगाउन खोज्दा बस पल्टियो, म बेहोस भएछु’ टाउकोमा गम्भिर चोट लागेका लामाले भने । ‘चालकले मोटरसाईकल जोगाउन प्रयास गरेको थाहा छ, बस पल्टिएर आवाज आएको बाहेक थप केही थाहा छैन’ दुर्घटनामा घाईते बनेर धुलिखेल अस्पतालमा उपचार गराईरहेका लामाले भने ।

सो दुर्घटनामा परि सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–८ का २८ वर्षका रवि खड्काको घटनास्थलमा नै मृत्यु भएको हो । त्यस्तै बस चालक सिन्धुली मरिण गाउँपालिका ७ का २८ वर्षका राजकुमार लामा र सोही ठाउँमा २३ वर्षका अमित लामाको धुलिखेल अपतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा ७ चालकसहित ७ जनामात्र सवार रहेको प्रहरीले जनाएको छ । तिब्र गतिमा गुडेको बस अनियन्त्रित भइ खसेको प्रहरीको भनाइ छ । स्मरण रहोस्,२०६८ साल असोज २६ गते सोही ठाउँमा दुर्घटना भएको थियो ।


तपाईको प्रतिक्रिया