धुलिखेल । बिपिराजमार्ग हुदै पुर्व जाने सवारीहरुमा काभ्रेको बिपि राजमार्ग रोशी गाउँपलिका प्रमुख दलबहादुर लामा (डिबि) ले राजमार्गमा अनुगमन गर्नुभएको छ ।

चाडपर्व मनाउन गाउँ घर फर्किरहेका यात्रुहरुको सहजरुपमा यात्रा भएको छ, छैन, यात्रुहरुलाई तोकिएको भन्दा धेरै भाड लिएको छ, छैन भन्ने बुझ्नको लागि राजमार्गमा सवारी रोकेर सोधखोज गरेको रोशी गाउँपालिका प्रमुख डिबि लामाले बताए । काठमण्डौ बाट काभ्रेको बिपि राजमार्ग हुदै पुर्व हिडेको यात्रुहरुको यात्राको क्रममा के कस्तो भइरहेको छ भन्ने बुझ्नको लागि सडकमै रहेर यस्तो काम सुरु गरेको प्रमुख लामाले बताए ।

बिपि राजमार्ग हुदै चल्ने हाइस माइक्रो, सुमो बसमा यात्र गर्ने यात्रुहरु संग सोधपुछ भएको प्रमुख लामाले बताए । घर फर्किंदा लामो यात्रामा हुने झन्झट, यात्रुको आरक्षण सिटअनुसारको ब्यवस्था समय समयमा आरम भएको छ, छैन भन्ने बिषयमा चालक सहित यात्रुहरु संग कुराकानी भएको प्रमुख लामाले बताए । दशैमा घर हिडेका यात्रुहरुको सहजरुपमा यात्र गरिरहेको छ कि छैन भनेर सडकमै यस्तो काम सुरु गरेको प्रमुख डिबिलामा बताउछन् ।

यात्राको क्रममा कुनै खाले समस्याहरु आएमा जुनसुकै समयमा गाउँपालिकाले सहयोग गर्ने समेत लामाले बताए । चाडको बेला हुने मनपरी भाडा दर र यात्रुको सहज यात्राको लागि जिल्ला ट्राफिक प्रहरी कार्यलय, जनप्रतीनिधि, इलाका प्रहरी मंगलटार र पत्रकार सहितको टोलीले राजमार्गमा सयुक्त अनुगमन गरेको रोशी गाउँपालिका प्रमुख डिबि लामाले बताए ।


तपाईको प्रतिक्रिया